अर्थसंक्षेप : ठेकेदारले समयमा काम नगर्दा समस्या भयो, ७ अंकले बढ्यो नेप्से र १५६ करोड डलर घुस लिएको आरोपमा पूर्ववरिष्ठ ‘बैङ्कर’लाई चीनमा मृत्युदण्ड « Khabarhub

अर्थसंक्षेप : ठेकेदारले समयमा काम नगर्दा समस्या भयो, ७ अंकले बढ्यो नेप्से र १५६ करोड डलर घुस लिएको आरोपमा पूर्ववरिष्ठ ‘बैङ्कर’लाई चीनमा मृत्युदण्ड


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

७ अंकले बढ्यो नेप्से, अधिकांश कम्पनीको बढ्यो सेयर मूल्य

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंकले बढेको छ । आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६१४.०७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा सुधार हुँदा १४८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरे ।

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

दूरसञ्चार, अर्थतन्त्र र डिजिटल भविष्य

नेपालमा दूरसञ्चारको इतिहास एक शताब्दीभन्दा लामो छ। प्रविधिको विकाससँगै मोबाइल सेवा पनि भित्रियो र यसको आवश्यकतासँगै एनसेलले पनि दूरसञ्चारको संवाहक बनेर सेवा दिन थालेको दुई दशक भइसकेको छ ।

मोबाइल सेवा अहिले हरेक उपभोक्ताका लागि आधारभूत आवश्यकता बनेको छ । अहिले ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा मोबाइल सेवा पुगेको छ ।

पछिल्ला दुई दशकमा सामाजिक र आर्थिक रूपमा जे जति विकास भएका छन्, त्यसमा टेलिकम कम्पनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान विशेष छ। समाजलाई आजको डिजिटल युगमा रूपान्तरण गर्नका लागि टेलिकम सेवाप्रदायकले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। मोबाइल इन्टरनेटमार्फत कम्पनीहरूले समावेशी र डिजिटल अर्थतन्त्रको विकासमा ठूलो योगदान दिइरहेका छन् ।

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ५५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज