भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको दौडधूप, प्रधानमन्त्रीसहितको उच्च नेतृत्वसँग एकैदिन भेटघाट    « Khabarhub

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको दौडधूप, प्रधानमन्त्रीसहितको उच्च नेतृत्वसँग एकैदिन भेटघाट   


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुन्नु महावरले नेपाल भ्रमण क्रममा प्रधानमन्त्री सुशीला कार्कीसहितको उच्च नेतृत्वलाई भेट गरेका छन्। 

भेटमा नेपाल–भारत सहकार्यका चलिरहेका कार्यक्रम र आगामी चरणमा विस्तार गर्न सकिने क्षेत्रबारे छलफल भएको भारतीय दूतावासले जनाएको छ। महावरले प्रधानमन्त्रीसँगको भेटपछि नेपाली मन्त्रीहरूसँग पनि एकैदिन मंगलबार भेटवार्ता गरे।

उनले अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओमप्रकाश अर्याललाई भेटे ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, संसदीय मामिला र भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल र परराष्ट्र सचिव अमृतबहादुर राईलाई पनि उनले भेटे । 

यी भेटघाटमा द्विपक्षीय सहकार्यको प्रगति, समन्वय आवश्यक विषय, र आगामी वर्षका प्राथमिकताहरूमा केन्द्रीकृत संवाद भएको दूतावासको भनाइ छ। 

दुवै देशबीचका भौतिक पूर्वाधार, ऊर्जा, व्यापार, प्रशासनिक समन्वय र प्राविधिक सहायतासम्बन्धी कार्यसूचीलाई अझ बलियो बनाउने विषयमा उच्चस्तरीय सहमति भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : ५१ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा