जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन « Khabarhub

जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि सहिदहरुको सम्झनामा सहिद परिवार, घाइते परिवारलगायत युवाहरुले दीप प्रज्वलन गरेका थिए। दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासमेत सहभागी भएका थिए।

दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा दमन गर्नेहरुमाथि कारवाही गर्न दृढतापूर्वक सरकार अघि बढ्ने बताए। नेपालको राज्यप्रणालीका साथै दोषिलाई अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी गर्ने उनले बताए।

गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे।

उनले जनेजी आन्दोलनपछि बनेको सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढेको भन्दै अख्तियारले ठूला ठूला अनियमिता प्रकरणमा मुद्दा दर्ता गरेको जिकिर गरे। पर्दा पछाडी बसेर राज्य र नेताहरुलाई समेत नचाउने तत्वहरु पहिचान भइसकेको उनले बताए।

गृहमन्त्री अर्यालले जेनजी म्याण्डेटअनुसार सरकार अघि बढेको भन्दै जेनजी सहिद र घाइतेहरुको पक्षमा सरकारले काम गर्ने धारणा राखे।

सरकारले जेनजी आन्दोलनका ४५ जना सहिदहरुलाई जेनजी सुशासन योद्धाका रुपमा सम्मान गर्ने निर्णय समेत गरिसकेको छ भने जिल्लास्तरीय शहिद सूचीमा राख्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ०८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको