बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ « Khabarhub

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार साह ‘हिरा’ बालिका बलात्कार आरोपमा पक्राउ परेका छन्। विवाहपञ्चमीलगत्तै १४ वर्षीया बालिकालाई आफ्नै होटलमा जबजरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

साहलाई भारत बिहार राज्यको सीतामढी प्रहरीले पक्राउ गरी धनुषा प्रहरीलाई जिम्मा लगाएको बताइएको छ। धनुषा प्रहरीले भने नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको बताएको छ। घटना सार्वजनिक भएसँगै साह जनकपुरबाट फरार भएका थिए।

यही मुद्दामा प्रहरीले केही दिनअघि साहका दाइ मनोज साहलाई काठमाडौँबाट पक्राउ गरेको थियो। उनी अझै धनुषा प्रहरीको हिरासतमा छन्।

जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रहेका साह २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए। उनी मेयरका निकटतम प्रतिद्वन्द्वी रहेका थिए। उनी मधेश उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन्।

जबरजस्ती करणी गरेको आरोपमा साहसहित चार जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो।

घटनाका आरोपी साह र घटना ढाकछोप गर्न आर्थिक लेनदेनको प्रयास गरेका पीडित बालिकाका मामा सञ्जय महासेठ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमले बताए।

डीएसपी बमले बलत्कारसम्बन्धी घटनामा अनुसन्धान गर्न साहलाई नियन्त्रणमा लिएको जानकारी दिए। घटनामा संलग्न रहेको भनिएका थप एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ३९ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने