शुक्रबारको विनिमय दर कति ? डलर र युरो स्थिर हुँदा अन्य मुद्रा घटबढ « Khabarhub

शुक्रबारको विनिमय दर कति ? डलर र युरो स्थिर हुँदा अन्य मुद्रा घटबढ


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ।

यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ। युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ।

विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ६६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर एक सय ४१ रूपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५० रूपैयाँ ८८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय रूपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर आठ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ २९ पैसा र बिक्रीदर १२ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रूपैयाँ ४३ पैसा र बिक्रीदर चार सय ४६ रूपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६३ रूपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ६५ रूपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रूपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ ५८ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : ५० बजे

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनले

प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘द राजा साब’को

रवि लामिछानेलाई छाड्न अदालतका यी हुन् ४ शर्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छाड्नको लागि

डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

एजेन्सी– इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा