राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह « Khabarhub

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई आग्रह गरेका छन् । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मतसम्भार गर्न, प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा विपद्बाट प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा बोल्दै सांसद गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढीबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै बाढीका कारण रोकिएका कन्टेनरलाई सम्बन्धित नाकासम्म लैजान आवश्यक सहजीकरण गर्न सरकारसँग माग गरिन्।

सांसद जगतबहादुर पार्कीले कञ्चनपुरको दादरा–चाँदनी पुल क्षतिग्रस्त हुँदा करिब ५० हजार जनसङ्ख्याको आवतजावतमा समस्या भएको उल्लेख गर्दै पुलको तत्काल मर्मतसम्भार गर्न माग गरे।

सांसद नरबहादुर विष्टले भोटेचौर क्षेत्रमा सडक सञ्जाल अवरुद्ध भएकाले तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए। सांसद भुवनबहादुर सुनुवारले दलितसम्बन्धी ऐन निर्माणको प्रक्रिया शीघ्र अघि बढाउनुपर्नेमा जोड दिए।

सांसद युवराज शर्माले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रियस्तरमा बुलन्द आवाज उठाउनुपर्ने बताए।

सांसद राजेन्द्रलक्ष्मी गैरैले यही असोज ८ देखि ११ गतेसम्म आएको बाढीपहिरोका कारण अवरुद्ध सडक तथा बाटो तत्काल मर्मत गर्न र प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।

सांसद सुरेशकुमार आलेमगरले दसैँको समयमा सर्वसाधारणको आवतजावत सहज बनाउन क्षतिग्रस्त सडक तथा बाटोघाटोको मर्मतसम्भार तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद मदनकुमारी शाह गरिमाले पनि शून्य समयमा समसामयिक विषयमा धारणा राखेकी थिइन् ।
 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  २ : २९ बजे

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो