हुम्लाको खार्पुनाथमा औषधी अभाव « Khabarhub

हुम्लाको खार्पुनाथमा औषधी अभाव


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिमकोट- हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधी अभाव भएको छ। गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधी अभाव भएको हो।

सरकारले निःशुल्क वितरण गर्ने औषधी अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन्। गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन्। ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधी नहुँदा उपचारबिना फर्किने गरेका छन्।
स्वास्थ्यचौकीमा औषधी लिन पुग्दा स्वास्थ्यकर्मीले औषधी छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए।

स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधी अभाव भएको छ। सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधी खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधी अभाव भएको हो। दशैँअघि पाँच लाखको औषधी खरिद गरिद गरेको उनले बताए। ‘दशैँमा खरिद गरेको औषधी सकिएको छ’, उनले भने।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधी र उपकरण खरिद गर्न टेण्डर आह्वान भएर स्वीकृत भएको बताए। माघ पहिलो सातासम्म औषधीको व्यवस्था गरिने उनले बताएका छन्।

स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा उपचारका लागि बिरामी जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन्। खार्पुनाथ-१ को पिउस आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधी अभाव भएको हो।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ८ : ३७ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी