चिसो मौसममा यसरी स्वस्थ रहनुहोस् « Khabarhub

चिसो मौसममा यसरी स्वस्थ रहनुहोस्


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । चीसोले छोयो भने ज्वरो, रुघाखोकी, दम, झाडापखाला, जन्डिस, टाउको दुख्नेजस्ता समस्या देखा पर्छन् । 

जाडो मौसममा हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। चिसोले हाम्रो छाला, श्वासप्रश्वासको ढाँचा र मानसिक स्वास्थ्यलाई असर गर्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

चिसोको असर

१. शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।

२. पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।

३. मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।

४. युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।

५. रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।

६. चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ?

१. न्यानो कपडा लगाउने

२. आगो ताप्ने ।

३. यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।

४.चिसो मौसममा दैनिक यात्रा गर्नुहुन्छ भने, तपाईँले आफ्नो झोलामा अतिरिक्त स्वेटर, टोपी र पन्जाहरू राख्नुहोस् । थर्मस स्टिलको बोतलमा तातो पानीको चिया पनि बाेक्न सकिन्छ ।

५. धेरै मात्रामा झोलिलो खानेकुरा खाने ।

६. धेरै नुनिलो नखाने

७. पौष्टिक खानेकुरामा जोड दिने ।

८. बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।

९. मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।

१०. समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

११. जाडो याममा रुघाखोकी, फ्लुजस्ता समस्या धेरै छिटो फैलिन्छ । त्यसैले सार्वजनिक स्थानमा मास्क लगाएर मात्र जानुहोस्। यो लेख सामान्य जानकारीको लागि हो । आफ्नो शरीरमा असहज महशुस भएमा सम्बन्धित डाक्टरसँग परामर्श लिनुपर्छ ।-एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : १२ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग