चिसो मौसममा यसरी स्वस्थ रहनुहोस् « Khabarhub

चिसो मौसममा यसरी स्वस्थ रहनुहोस्


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । चीसोले छोयो भने ज्वरो, रुघाखोकी, दम, झाडापखाला, जन्डिस, टाउको दुख्नेजस्ता समस्या देखा पर्छन् । 

जाडो मौसममा हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। चिसोले हाम्रो छाला, श्वासप्रश्वासको ढाँचा र मानसिक स्वास्थ्यलाई असर गर्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

चिसोको असर

१. शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।

२. पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।

३. मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।

४. युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।

५. रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।

६. चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ?

१. न्यानो कपडा लगाउने

२. आगो ताप्ने ।

३. यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।

४.चिसो मौसममा दैनिक यात्रा गर्नुहुन्छ भने, तपाईँले आफ्नो झोलामा अतिरिक्त स्वेटर, टोपी र पन्जाहरू राख्नुहोस् । थर्मस स्टिलको बोतलमा तातो पानीको चिया पनि बाेक्न सकिन्छ ।

५. धेरै मात्रामा झोलिलो खानेकुरा खाने ।

६. धेरै नुनिलो नखाने

७. पौष्टिक खानेकुरामा जोड दिने ।

८. बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।

९. मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।

१०. समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

११. जाडो याममा रुघाखोकी, फ्लुजस्ता समस्या धेरै छिटो फैलिन्छ । त्यसैले सार्वजनिक स्थानमा मास्क लगाएर मात्र जानुहोस्। यो लेख सामान्य जानकारीको लागि हो । आफ्नो शरीरमा असहज महशुस भएमा सम्बन्धित डाक्टरसँग परामर्श लिनुपर्छ ।-एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : १२ बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं