सांसदहरूलाई दलनिकट कर्मचारीका नेताले भने- ट्रेड युनियन हटाउने बहस नगर्नुस् « Khabarhub

सांसदहरूलाई दलनिकट कर्मचारीका नेताले भने- ट्रेड युनियन हटाउने बहस नगर्नुस्


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजामती कर्मचारीका विभिन्न संगठनहरूले दलगत ट्रेड युनियन हटाउने गरी भएको बहसमा आपत्ति जनाएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सुझाव राख्दै निजामती कर्मचारीका विभिन्न संगठनका प्रतिनिधिले संगठित हुने अधिकार संविधानले नै दिएको भन्दै कुण्ठित नगर्न भनेका हुन् ।

बैठकमा नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियन अधिकारबारे विद्यमान कानुनका विषयलाई नै निरन्नरता दिनुपर्ने तर्क गरे ।

उनले मुलुकको परिवर्तनमा ट्रेड युनियनको भूमिकालाई नबिर्सन सुझाव दिँदै ट्रेड युनियन अधिकार खारेज गर्ने बहस उचित नभएको धारणा राखे ।

त्यस्तै नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले ट्रेड युनियन अधिकार कुण्ठित गर्नेदिशातर्फ नजान सुझाव दिए ।

निजामती सेवामा रहेर गलत गर्नेलाई कारबाही हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको भन्दै उनले संवैधानिक अधिकार खोस्ने बहस नगर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियनलाई व्यवस्थित गर्न सकिने बताउँदै हटाउने कुरा उचित नभएको धारणा राखे ।

यसअघि विधेयकमाथिको छलफलका क्रममा कांग्रेस–एमाले सांसदहरूले दलगत ट्रेड युनियन हटाएर एउटैमात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : ०४ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र