साताको अर्थसंक्षेप : बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य, नेप्सेको आइटीमा छिद्र र विदेशी मुद्रा सञ्चिति बढ्यो « Khabarhub

 साताको अर्थसंक्षेप : बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य, नेप्सेको आइटीमा छिद्र र विदेशी मुद्रा सञ्चिति बढ्यो


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

कुलमान हटाउने योजनामा ओलीको ब्रेक, रन्थनिँदै ऊर्जामन्त्री खड्का

नेपाल विद्युत प्राधिकरण (एनईए)का प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काललाई ‘ब्रेक’ लगाएका छन् । स्वार्थसमूहबाट घिसिङलाई जसरी पनि हटाउने कार्यादेश लिएझैँ प्रस्तुत हुनेगरेका विभागीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का भने रन्थनिएका छन् ।

मुलुक चरम लोडसेडिङमा रहेका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट चौबीस घण्टासम्म निर्वाध विद्युत उपभोग गरेका उद्योगीरव्यवसायीले तिर्नुपर्ने महसुल उठाउन खोज्दा सरकारले कुलमानलाई हटाउने प्रयास गरिरहेको छ । यसअघि घिसिङलाई हटाउन प्रधानमन्त्री ओली नै बढी सक्रिय देखिएका थिए । उद्योगीरव्यापारीले प्राधिकरणलाई लोडसेडिङका बेला बालेको बिजुलीको प्रिमियम महसुलबापत २३ अर्ब रुपैयाँभन्दा बढी महसुल तिर्न बाँकी छ ।

माघ १ देखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८०’ लाई संशोधन गर्दै माघ १ गतदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर अनिवार्य गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीइ अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ’, राष्ट्र बैंकले एकीकृत निर्देशनको संशोधित व्यवस्थामा उल्लेख गरेको छ ।

साताको शेयर बजार : साँढेले पछार्‍यो भालुलाई!

पुसको चौथो साता अर्थात् २१ देखि २५ गतेसम्म नेपालको शेयर बजारमा ‘पर्ख र हेर’को अवस्था रह्यो । चौथो साताको शेयर कारोबार हेर्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तत्काललाई २५०० बिन्दुभन्दा तल नझर्ने देखियो ।

साताका चार दिनमा नेप्सेलाई ६७ अङ्कले बढाएका लगानीकर्ताले साताको अन्तिम दिन भने १८ अङ्कले घटाए । यो प्रवृत्ति नियाल्दा शेयर लगानीकर्ताहरू रोकिँदैरअगाडि बढ्दै गरेको देखिन्छ ।

नेप्सेको आइटीमा छिद्र : कार्यालयकै कर्मचारीले सेयर बेचेको भेटियो

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को डाटा सुरक्षामाथि शंकास्पद प्रश्न उब्जिएको छ । नेप्सेकै उच्चपदस्थ कर्मचारीले युजर आइडी प्रयोग गरेर सेयर बिक्री गरेको तथ्य बाहिरिएको छ ।

नेप्सेका उच्चपदस्थ कर्मचारीले आफ्नै नाममा टीएमएस एकाउन्टबाट सेयर बेचेको पाइएको हो । यसरी कर्मचारीले डाटा प्रणालीभित्र प्रवेश गरेर कारोबार गरेपछि आम सर्वसाधारणले सेयर मार्केटमा कसरी विश्वास गर्ने र लगानी गर्ने भन्ने प्रश्न उत्पन्न भएको छ ।

विमानस्थल निर्माणमा अर्बौं स्वाहा, आम्दानी ४४७ रुपैयाँ !

अर्बौं रुपैयाँ खर्चेर बनाइएको विमानस्थलबाट वार्षिक आम्दानी ४४७ रुपैयाँ आम्दानी भयो भन्दा अचम्म लाग्छ । खोटाङको बहुचर्चित लामिडाँडा विमानस्थलले गत वर्ष गरेको आम्दानी यत्ति नै हो । खोटाङ विमानस्थलको यो हालत नेताहरूलाई विकासको स्टन्ट देखाउन मन लागेर जताततै बनाइएका विमानस्थल कुन स्थितिमा चलेका छन् भन्ने एक खराब उदाहरण हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९एनएसी०का सम्पूर्ण जहाज ग्राउन्डेड भएसँगै सञ्चालनमा रहेका भनिएका विमानस्थलमै उडान ठप्प छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार अहिले नेपालमा ५४ वटा विमानस्थल छन् । जसमध्ये २८ वटामात्रै सञ्चालनमा छन् । अन्य विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् ।

पाँच महिनामा भित्रियो ६ खर्ब रेमिट्यान्स, ११ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिति

चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २।५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।

विश्व बैंकको ऋणमा नेपालको ‘लाइफलाइन’ यसरी बन्दैछ ‘डेथलाइन’

त्रिभुवन राजपथको काठमाडौंतर्फ रहेको नागबेली पहाडी सडक चिर्दै बग्ने झ्याप्ले खोलामा गएको असोज ११ गते राति गेग्रान सहितको पहिरोले यात्रु सवार गाडीहरू पुर्‍यो । कम्तिमा ३५ जनाको ज्यान गयो ।

पहिरो गएको घण्टौँसम्म पनि उद्धारकर्मीहरू गाडी पुरेको स्थानसम्म पुग्न सकेनन्‌। किनकी विश्व बैंकले विभिन्न शर्त राखी ऋण दिएर चौडा गर्न भित्ता ताछिएको सो सडकको प्रस्थानविन्दु नागढुङ्गादेखि नै पहिरोले सडक अवरुद्ध थियो । सिङ्गो राज्य संयन्त्र लाग्दा पनि सो सडकको पहिरो पन्छाउने स्थिति थिएन ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ०५ बजे

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन