‘लोकतान्त्रिक जबाफदेहीताका लागि युवा अझ सशक्त हुनुपर्छ’ « Khabarhub

‘लोकतान्त्रिक जबाफदेहीताका लागि युवा अझ सशक्त हुनुपर्छ’


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा युवा आवाज मार्फत लोकतन्त्रलाई सवलिकरण गर्न ‘आर्टिभिजम कार्यक्रम’ सम्पन्न भएको छ । शुक्रबार कायापलटको आयोजनामा युवा आवाजलाई थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका वक्ताहरूले युवा अजाजलाई अझ सशक्त बनाउनु पर्ने जिकिर गरेका हुन् । कार्यक्रमको पहिलो दिनको पहिलो सत्र ‘संघीयतापछि मधेशमा कस्तो छ लोकतान्त्रिक जवाफदेहिता ?’

विषयमा गहन छलफल गरिएको थियो । यस सेसनमा राजनीतिक विश्लेषक मनोज साह, महिला नेतृ विन्दु ठाकुर र नर्थ साउथ कलेक्टिभका निर्देशक राकेश मिश्रले आ–आफ्नो विचार व्यक्त गरेका थिए । उनीहरूले संघीयता लागू भएपछि मधेशको राजनीतिक परिप्रेक्ष्य र लोकतान्त्रिक जबाफदेहितामा भएका परिवर्तनहरूका बारेमा चर्चा गरे ।

महिला नेतृ बिन्दु ठाकुरले राजनीतिमा महिलाको प्रतिनिधित्व गणपूरक सङ्ख्याको अधारमा नभई गुणपूरक बनाउनु पर्ने सुझाव दिइन् ।

 ‘महिला सशक्त छ, जागरूक छ । कसैको इशारामा नाच्ने अवस्था छैन,’उनले भनिन्,‘तर नेतृत्वकर्ता ठिक भएन ।’ 

उनले आलोचनात्म शैलीमा नेतृत्वकर्ताले नपढेको मान्छेलाई डाक्टर घोषणा गर्दा समस्या देखिएको तर्क गरिन् । उनले योगदान दिने महिलाले लाभ नपाएको कारण लोकतन्त्रमाथि प्रश्न उठेको सुनाइन् । विभेद, अन्याय र कुशासन विरुद्ध शीर्ष दलले मौनता राखेको आरोप पनि लगाइन् । 

अर्का वक्ता राकेश मिश्राले लोकतान्त्रिक जवाफदेहिता राज्यबाट प्रवाह हुनुपर्ने बताए । तर, राज्यलाई नियमन गर्न ल्याइएको संविधान नै जबाफदेही नभएको उनले औँल्याए ।

 ‘संविधान आफैँ कति जबाफदेही छ ? वा कुन बाटोबाट आयो ?,’उनले प्रश्न गर्दै भने,‘निहत्था मान्छेलाई मारेर ल्यायो । प्रश्न गर्नेलाई पनि डराइयो । प्रलोभनमा पारे । त्यकारण हरेक सेनापति वा हारेका जुवाडेसंग के अपेक्षा गर्नु ?’ 

उनले दातृ निकायको इसारामा नागरिक समाज नाचिरहेको आरोप लगाए । दातृ निकायले मुख्य समस्या समाधान गर्न चासो नदेखाएको वा खुल्लेर नबोलदिएको कारण लोकतन्त्र सबल हुन नसकेको बताए । संविधान र संविधान निर्मातालाई पहिला जबाफदेही बनाउनु पर्ने उनको निष्कर्ष छ ।

 ‘डराएर कुरा नगरौं ।  संविधान र संविधान निर्मातालाई नसच्याए सम्म दिशानिर्देश हुन सक्दैनन्,’उनले भने,‘संविधान निर्माताले भावनात्मक एकतालाई चुडालेको छ ।’

त्यस्तै राजनीतिक विश्लेषक मनोज साहले, ओलिर्गेसी बढ्दै जादा निर्णय प्रक्रिया थप एकीकृत हुँदा जबाफदेहितामा समस्या आएको उल्लेख गरे । उनका अनुसार राज्यले आफूले चाहेको आधारमा मात्र विकेन्द्रीकरण गरेको समेत औँल्याए । 

उनले भने, ‘जबाफदेहीताका लागि आवश्यक लोकतान्त्रिक प्रणाली सुदृढमा जोड दिन छोडेर हामी यसका आधारभूत सवालमै रुमलिएको छौँ ।’ 

उनका अनुसार विकासक्रममा एआई तथा पुस्तामा चेतनास्तर बढ्दै गएको हुँदा पनि त्यसको प्रक्रियामा आक्रोश छताछुल्ल भएको बताए । 

दोस्रो सेसनमा ‘लोकतान्त्रिक जबाफदेहितामा युवा : हिजो, आज र भोली’ विषयमा अर्को आकर्षक छलफल भएको थियो । यस सेसनमा राजर्षि जनक विश्वविद्यालयका सहायक प्राध्यापक अशोक साह, मधेशका प्रसिद्ध पैदल अनुसन्धान स्तम्भकार मन्जु यादव, अर्थशास्त्री डा। शिला मिश्र र युवा विश्लेषक रोशन झा सहभागी थिए । उनीहरूले युवाको भूमिका, लोकतान्त्रिक जबाफदेहितामा युवा शक्ति र यसको भविष्यका बारेमा गहन छलफल गरे । सञ्चारकर्मी प्रतिभा झाले यस सेसनमा सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् ।

कार्यक्रममा वक्ताहरूले मधेसको सन्दर्भमा शिक्षा, आर्थिक संकट तथा युवामा विचारको सबलीकरण हुन नसक्दा प्रश्नको आधारहरू बन्द हुँदै गएको बताए । उनीहरूले आर्थिक संकटमा युवाले राज्यबाट पाउने हरेक विषयमा सहयोग नपाउँदा समेत युवाहरूले निराश प्रकट गरेको बताए ।

 उक्त छलफलमा विचार र बहसकै माध्यमबाट आलोचनात्मक चेत निमार्णको थालनी गरे गुनासो नभएर प्रश्नको आधार युवामा बन्ने वक्ताहरूले बताए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ३४ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि