स्पेनिस ला लिगा : १० खेलाडीमा सीमित बार्सिलोनको शानदार जित « Khabarhub

स्पेनिस ला लिगा : १० खेलाडीमा सीमित बार्सिलोनको शानदार जित


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगाको अङ्क तालिकामा सेभियासँगको दुरीलाई छोट्याएको छ। आइतबार भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-१ ले हराएको हो।

भ्रमणकारी टोली बार्सिलोना १० खेलाडीमा सीमित हुनुका बाबजुद सफलता पाएको हो। सातौँ मिनेटमा रोबर्ट लेडवास्कीले बासिलोनालाई अग्रता दिलाएको सो खेलको आठौँ मिनेटमा सेभियाका रुबेन भर्गासले बराबरी गोल गरे। दोस्रो हाफमा बेन्चबाट मैदानमा गएका फर्मिन लोपेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए। राफिन्होले बार्सिलोनाका अग्रता फराकिलो पारेको खेलको ६२ औँ मिनेटमा लोपेजले रातो कार्ड पाएका थिए। खेल सकिन एक मिनेट बाँकी रहँदा इरिक गार्सियाले बार्सिलोनाका लागि थप एक गोल गरे।

आइतबार भएका अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई २-१ हराउँदा भ्यालेन्सियाले लेगानेसलाई २-० पराजित गरेको छ। गेटाफेले डेपोर्टिभो अल्भासमाथि भने १-० को जित निकालेको छ।

अंक तालिकामा रियल म्याड्रिडको ५०, एटलेटिको म्याड्रिडको ४९ तथा तेस्रो स्थानमा रहेको बार्सिलोनाको ४८ अङ्क छ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ३२ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले