स्पेनिस ला लिगा : १० खेलाडीमा सीमित बार्सिलोनको शानदार जित « Khabarhub

स्पेनिस ला लिगा : १० खेलाडीमा सीमित बार्सिलोनको शानदार जित


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगाको अङ्क तालिकामा सेभियासँगको दुरीलाई छोट्याएको छ। आइतबार भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-१ ले हराएको हो।

भ्रमणकारी टोली बार्सिलोना १० खेलाडीमा सीमित हुनुका बाबजुद सफलता पाएको हो। सातौँ मिनेटमा रोबर्ट लेडवास्कीले बासिलोनालाई अग्रता दिलाएको सो खेलको आठौँ मिनेटमा सेभियाका रुबेन भर्गासले बराबरी गोल गरे। दोस्रो हाफमा बेन्चबाट मैदानमा गएका फर्मिन लोपेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए। राफिन्होले बार्सिलोनाका अग्रता फराकिलो पारेको खेलको ६२ औँ मिनेटमा लोपेजले रातो कार्ड पाएका थिए। खेल सकिन एक मिनेट बाँकी रहँदा इरिक गार्सियाले बार्सिलोनाका लागि थप एक गोल गरे।

आइतबार भएका अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई २-१ हराउँदा भ्यालेन्सियाले लेगानेसलाई २-० पराजित गरेको छ। गेटाफेले डेपोर्टिभो अल्भासमाथि भने १-० को जित निकालेको छ।

अंक तालिकामा रियल म्याड्रिडको ५०, एटलेटिको म्याड्रिडको ४९ तथा तेस्रो स्थानमा रहेको बार्सिलोनाको ४८ अङ्क छ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ३२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको