स्टिल र अल्मुनियम आयातमा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय « Khabarhub

स्टिल र अल्मुनियम आयातमा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सबै स्टिल तथा अल्मुनियममा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्।

यो निर्णयले क्यानडामा धेरै असर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पले यसै साताको अन्त्यसम्ममा धेरै पारस्परिक करको निर्णय गर्ने बताउँदै आएका छन्। ट्रम्पले कर सम्बन्धी निर्णय कसलाई लक्षित गरेर गरेका हुन् भन्ने कुरा खुल्न सकेको छैन।

अमेरकाका लागि क्यानडा र मेक्सिको सबै भन्दा ठुला स्टिल व्यापारका साझेदार हुन्। यसैगरी, क्यानडाले अमेरिकामा सबैभन्दा धेरै अल्मुनियम पठाउने योजना बनाएको छ।

पहिलो कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको तथा युरोपेली युनियनबाट आउने स्टिललाई २५ प्रतिशत तथा अल्मुनियमलाई १० प्रतिशत कर लगाएको थियो।

एक वर्षपछि सहमतिमा पुग्दै क्यानडा र मेक्सिकोबाट आउने सामानमा कर हटाइएको थियो। युरोपेली युनियनबाट आउने सामानमा भने सन् २०२१ सम्म कर यथावतै थियो।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ३४ बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।