अध्यात्म र प्रकृतिको संगम शैलुङ (तस्बिरहरू) « Khabarhub

अध्यात्म र प्रकृतिको संगम शैलुङ (तस्बिरहरू)



काठमाडौं– दोलखाको प्रसिद्ध पर्यटकीयस्थल हो शैलुङ डाँडा । शैलुङ गाउँपालिकामा अवस्थित प्रकृति र अध्यात्मको दोभानका रुपमा यो स्थान परिचित छ । यहाँ पुग्दा तन-मन दुवैलाई छुट्टै ऊर्जा मिल्छ । शैलुङ पुगेपछि जोकोहीको मनमा एक किसिमको शान्ति छाउँछ ।  

शैलुङ डाँडा रामेछाप र दोलखाको सिमानामा पर्छ। तर धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित शैलुङको सीमा विवाद पनि कायमै छ । सीमा विवाद मिलाउन दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक छलफल भए पनि टुङ्गो लाग्न सकेको छैन । 

तामाङ भाषामा ‘शैलुङ’ शब्दको नेपाली अर्थ सय थुम्का हुन्छ । जहाँ कुनै अग्ला र कुनै होचा थुम्का छन् । यी सय थुम्का चढेर हेर्दा चाँदीका लहर जस्तै टल्केका हिमाल देखिन्छन् । जहाँबाट गौरीशंकर, सगरमाथा पश्चिमको अन्नपूर्ण, मनास्लु ,लमजुङ, गणेश हिमाल, लाङटाङ, सगरमाथा र नुम्बुरसम्म दर्जनौँ हिमाल प्रष्ट देखिन्छ ।

धार्मिक रुपमा पनि शैलुङ हिन्दु र बौद्ध धर्मालाम्वीको संगमस्थल हो । हिन्दुहरू यस क्षेत्रलाई शिवको तपोभूमि मान्छन् । बौद्धधर्मालम्बीहरू बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् ।

यस क्षेत्रमा रहेको शैलुङ गुम्बा, शैलुङ महादेवको मन्दिर, धर्म गुफा, गाईको खुर र थुनजस्ता देखिने आकृति यस क्षेत्रका धार्मिक केन्द्र हुन् । शैलुङ क्षेत्रमा धर्म ढोका, १२ वर्षमा एक पटक गोदावरी फुल्ने ठाउँ, महादेव मन्दिर, हनुमान गुफा, डाफे ढुङ्गा, जरेश्वर महादेव, गाई ढुङ्गा, बाघ ढुङ्गा जस्ता धार्मिक एवम् प्राकृतिक सुन्दरताका थलो छन् ।

धार्मिक हिसाबमा पनि यो क्षेत्र हिन्दु र बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । बौद्ध धर्मावलम्बीका लागि शैलुङडाँडामा बौद्ध चैत्य र हिन्दुका लागि शैलुङ महादेवस्थान छ। यहाँ हरेक वर्ष बौद्ध पूर्णिमामा लाग्ने जात्रा एवम् गुफा बस्ने प्रचलन परापूर्वकालदेखि चलेको छ । यसबेला हजारौँ भक्तजन शैलुङडाँडामा लामा गुरुबाट बौद्ध चैत्यको दर्शन तथा पूजा–अर्चना गर्छन् ।

यस्तै प्रत्येक १२ वर्षमा लाग्ने गोदावरी नुहाउने मेला तथा शैलुङ महादेवको दर्शन गर्नाले पुण्य कमाइने विश्वास छ । बुद्धपूर्णिमा, बालाचर्तुदशी, तीज र नयाँ वर्ष लगायतका मुख्य चाडपर्वमा यहाँ पर्यटकको घुइँचो हुन्छ ।

सय थुम्काको शैलुङ डाँडा समुद्री सतहदेखि करिब तीन हजार चार सय मिटर उचाइमा छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको सङ्ख्या बिस्तारै बढ्दै जाँदा स्थानीय व्यवसायी पनि खुसी छन् ।

हेर्नुस् तस्बिरहरू : 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  २ : ११ बजे

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ

एमालेको निष्कर्ष : ​अन्तर्राष्ट्रिय शक्तिले ‘कलर रिभोलुसन’मार्फत् नेपालमा अस्थिरता निम्त्याउन खोजे

​काठमाडौं – नेकपा (एमाले)ले मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनलाई पार्टी

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले