बालेनविरुद्ध खनिए अमरेश- हिटलरको शैलीमा दमनमा उत्रिएको आरोप « Khabarhub

बालेनविरुद्ध खनिए अमरेश- हिटलरको शैलीमा दमनमा उत्रिएको आरोप


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई हिटलरको संज्ञा दिएका छन् ।

सोमबार बसेको संसद् बैठकको आकस्मिक समयमा बोल्ने क्रममा उनले आइतबार काठमाडौंको टेकुस्थित एक कवाड व्यवसायमाथि भएको धरपकडलाई लिएर बालेनमाथि आक्रोश पोखेका हुन् ।

‘हिटलरबाट कुनै समय जर्मनीमा नाजीवाद लादिएको थियो । कवाडी व्यवसायीमाथि डोजर चलाएर मजदुरमाथि ज्यादती गरिएको छ’, उनले भने, ‘महानगरको धरपकड र आक्रमणका कारण तीनजना मजदुर गम्भीर घाइते भएका छन् । त्यहाँ मुस्लिम, मधेसी सबै थिए । रौतहटका रञ्जन रौनियारसहितको गम्भीर अवस्थामा अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’

उनले कवाड व्यवसायीमाथि गरिएको आक्रमणलाई लिएर हिम्मत भए सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्रीको कार्यालय र सिंहदरबार भत्काएर देखाउन पनि बालेनलाई चुनौती दिए ।

‘यो काठमाडौंको मेयरको नाजीवादी शैली चल्दैन । हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा जाने, व्यवसाय गर्ने अधिकार छ’, उनले भने, ‘अहिले जसले जे पनि गर्ने जस्तो भएको छ । के यो न्याय मरेको देश हो ?’

उनले मेयर बालेन तानाशाही भएर निस्केको पनि बताए । ‘जर्मनीको हिटलर र इटालीको मुसोलिनी जस्तै भएको छ काठमाडौंको मेयर’, उनले भने, ‘सरकारबाट अनुमति लिएर व्यवसाय गर्नेमाथि भएको यो धरपकड निन्दनीय छ ।’

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १ : ३४ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि