सामाजिक सञ्जाल नियमन गरौँ, बोल्ने अधिकार नखोसौँ : झलनाथ खनाल « Khabarhub

सामाजिक सञ्जाल नियमन गरौँ, बोल्ने अधिकार नखोसौँ : झलनाथ खनाल


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपति फेरि राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले यसबारे सोच्नुपर्ने बताएका छन् ।

सोमबार विराटनगरमा समाजवादी प्रेस संगठन मोरङले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउनु राजनैतिक मूल्य मान्यतामा देखिएको विग्रह भएको बताए ।

एक प्रश्नको जवाफमा खनालले संविधान संशोधन भन्दा पुनरावलोकन गर्न सुझाव दिएका छन् ।

उनले विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत टिप्पणी भएको बताए ।

उनले शासकीय स्वरुप परिवर्तनले मात्रै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको बताए ।

खनालले सामाजिक सञ्जाललाई नियमन गर्नैपर्ने अवस्था रहेको पनि वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी विधेयक ल्याउन आग्रह गरे ।

उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउन पनि नियमन गर्नुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  २ : १३ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको