संसद्‍मा रामहरिको प्रस्ताव- पहाडका गाउँ उजाड भइसके, बाँदरलाई चीनतिर बेचेर आम्दानी गरौँ « Khabarhub

संसद्‍मा रामहरिको प्रस्ताव- पहाडका गाउँ उजाड भइसके, बाँदरलाई चीनतिर बेचेर आम्दानी गरौँ


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालमा बाँदरले आतंक मच्चाएको भन्दै समाधानको विकल्प खोज्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको विषयमा बोल्ने क्रममा खतिवडाले यस्तो बताएका हुन् ।

दक्षिण एसियाको अर्को मुलुक श्रीलंकाले देशकै लागि समस्या बनेका बाँदर चीनलाई बेचेको प्रसंग पनि उनले उल्लेख गरेका छन् ।

‘अब हामीले बाँदरहरू चीनतिर बेचौँ । श्रीलंकाले बाँदर चीनलाई बेचेर गतिलो आम्दानी गरेको छ। राजस्व पनि लिने, हानीकारक जन्तु पनि बेच्ने त्यो रणनीति हामीले पनि अपनाऊँ’, उनले भने, ‘बाँदरले देशभर ठूलै आतंक मच्चाए । देशभर बाँदरको समस्या छ । बाँदरलाई हानीकारक जन्तु घोषित भइसकेकाले अब हामीले पनि श्रीलंकाले झैँ बेचौँ ।’

खतिवडाले बाँदरका कारण पहाडी बस्तीहरू उजाड हुँदै गएको पनि बताएका छन् । ‘पहाडमा त बाँदरले मान्छेलाई बस्न दिएन, पहाडी गाउँहरू रित्तिकएका छन्’, उनले भने, ‘तराईका गाउँहरूमा हात्तीको आतंक छ । जंगली जनावरका कारण गाउँ बस्ती आतंकित छन् । त्यसैले बाँदरलाई बेचेर आम्दानी गर्ने उपाय सरकारले खोज्नुपर्‍यो ।’

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  २ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको