संसद्‍मा रामहरिको प्रस्ताव- पहाडका गाउँ उजाड भइसके, बाँदरलाई चीनतिर बेचेर आम्दानी गरौँ « Khabarhub

संसद्‍मा रामहरिको प्रस्ताव- पहाडका गाउँ उजाड भइसके, बाँदरलाई चीनतिर बेचेर आम्दानी गरौँ


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालमा बाँदरले आतंक मच्चाएको भन्दै समाधानको विकल्प खोज्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको विषयमा बोल्ने क्रममा खतिवडाले यस्तो बताएका हुन् ।

दक्षिण एसियाको अर्को मुलुक श्रीलंकाले देशकै लागि समस्या बनेका बाँदर चीनलाई बेचेको प्रसंग पनि उनले उल्लेख गरेका छन् ।

‘अब हामीले बाँदरहरू चीनतिर बेचौँ । श्रीलंकाले बाँदर चीनलाई बेचेर गतिलो आम्दानी गरेको छ। राजस्व पनि लिने, हानीकारक जन्तु पनि बेच्ने त्यो रणनीति हामीले पनि अपनाऊँ’, उनले भने, ‘बाँदरले देशभर ठूलै आतंक मच्चाए । देशभर बाँदरको समस्या छ । बाँदरलाई हानीकारक जन्तु घोषित भइसकेकाले अब हामीले पनि श्रीलंकाले झैँ बेचौँ ।’

खतिवडाले बाँदरका कारण पहाडी बस्तीहरू उजाड हुँदै गएको पनि बताएका छन् । ‘पहाडमा त बाँदरले मान्छेलाई बस्न दिएन, पहाडी गाउँहरू रित्तिकएका छन्’, उनले भने, ‘तराईका गाउँहरूमा हात्तीको आतंक छ । जंगली जनावरका कारण गाउँ बस्ती आतंकित छन् । त्यसैले बाँदरलाई बेचेर आम्दानी गर्ने उपाय सरकारले खोज्नुपर्‍यो ।’

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  २ : ५२ बजे

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र