अध्यादेशबाट देश चलाउनु निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला « Khabarhub

अध्यादेशबाट देश चलाउनु निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाले सोमबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसदलाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको भन्दै अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका हुन् ।

उनले मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई सहि दिशा दिनका लागि सरकारले गरेका गलत कामहरूलाई बाहिर ल्याउन जरुरी रहेको बताए । कोइरालाले सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको जिकिर गरे ।

उनले दुई तिहाइको बलमा कांग्रेस–एमालेमात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादी लगायतका दलसँगको सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए। उनले कांग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने धारणा राखे ।

कोइरालाले राजनीतिमा सहकार्यका साथ अघि बढ्न गिरिजाप्रसाद कोइरालाको भूमिकालाई स्मरण गर्नुपर्ने बताए । त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरी आवश्यकताका आधारमा संविधान संशोधन हुनुपर्ने बताए ।

संघीय सांसद, प्रदेश सांसद, मन्त्रीमण्डलको संख्या घटाउने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने बताए ।

उनले अहिलेको अवस्थामा गिरिजाप्रसाद कोइरालाबाट सिक्ने कुरा धेरै रहेको बताए । त्यस्तै कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको बताइन् ।

अहिले एमालेले देश हाँकिरहेको र कांग्रेस छायामा परेको उनले बताइन् । कोइरालाले अव हुने पार्टीको सभापति शेखर कोइराला नै भएको जिकिर गरे ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ४ : ५६ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय