एकीकृत समाजवादी गण्डकी कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली  « Khabarhub

एकीकृत समाजवादी गण्डकी कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली 


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन्। पोखरा सभागृहमा सोमबार सम्पन्न प्रथम अधिवेशनले ७ पदाधिकारीसहित १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो।

नवगठित कमिटीमा अध्यक्षसहित २ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव तथा भूगोल र विभिन्न क्षेत्रका प्रतिनिधिहरू छन्। १४३ सदस्यीय कमिटीमा विभिन्न क्लष्टरका ४१ पद भने रिक्त रहेका छन्।

अध्यक्षमा निर्वाचित कृष्णबहादुर नेपाली यसअघि गण्डकी प्रदेश कमिटीका सचिव थिए। तत्कालीन सचिव प्रतापलाल श्रेष्ठ एमालेमा फर्किएपछि नेपालीलाई सचिवको जिम्मेवारी दिइएको थियो। 

उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुरप्रसाद शर्मा तथा सहसचिवमा टीकाराम पौडेल, विवेक भूजेल र सुष्मा काफ्ले निर्विरोध चयन भएका छन्।

निर्वाचित अध्यक्षसहित सम्पूर्ण कमिटीलाई नेकपा ९एस० का वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष मण्डलका प्रमुख राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। अधिवेशन माघ २६ र २७ गतेका लागि तय गरिएको भए पनि निर्विरोध नेतृत्व चयनको प्रक्रियाका कारण एक दिन थप गरिएको थियो। पार्टी स्रोतका अनुसार अध्यक्ष पदका आकांक्षी बढी भएका कारण सर्वसम्मत निर्णय लिन केही समय लागेको थियो। 

अध्यक्ष पदका लागि कृष्णबहादुर नेपालीसहित कास्कीका प्रेमप्रसाद पौडेल, स्याङ्जाका विष्णु गिरी, गोरखाका यादव बस्नेतलगायतको आकांक्षा रहेको थियो, तर अन्ततः नेपालीलाई नेतृत्वमा चयन गरीएको हो ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधिहरू, विभिन्न जनसंगठन तथा मजदुर फाँटका गरी ४ सय प्रतिनिधिहरू सहभागी थिए। नवगठित प्रदेश कमिटीको कार्यकाल ४ वर्षको हुनेछ। अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न १२ वटा उपसमिति गठन गरिएको थियो।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ०० बजे

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा