कार्नी क्यानडाको प्रधानमन्त्री बन्दै : कस्तो बन्ला ट्रम्पसँगको सम्बन्ध ? « Khabarhub

कार्नी क्यानडाको प्रधानमन्त्री बन्दै : कस्तो बन्ला ट्रम्पसँगको सम्बन्ध ?

लिबरल पार्टीलाई ८५ प्रतिशत मत


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मार्क कार्नी क्यानडाका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। लिबरल पार्टीको नेतृत्वमा निर्वाचित उनी क्यानडाको केन्द्रीय बैंकका पूर्व गभर्नर समेत हुन्।

यसअघि पद छाड्दै गरेका प्रधानमन्त्री जस्टिन ट्रेडेउले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामानमा लगाएको करलाई लक्षित गर्दै अहिले क्यानडाले विपक्षीबाट खतराको सामना गरी रहेको बताएका थिए। क्यानडाको निर्वाचनपछि भने ट्रम्पले कुनै प्रतिक्रिया जनाएका छैनन्।

आइतबार भएको लिबरल पार्टीको मतदानमा कार्नीले ८५ दशमलव ९ प्रतिशत मत पाएका हुन्।

अन्य तीन प्रतिद्वन्द्वीलाई सहजै हराएका उनले २० अक्टोबरमा हुने आम निर्वाचनमा पनि लिबरल पार्टीको नेतृत्व गर्नेछन्। आफ्नै पार्टीबाट राजीनामाको दबाब आएपछि ट्रेडेउले जनवरी महिनामा नै पद त्यागेका थिए। त्यसपछि उनी काम चलाउ प्रधानमन्त्रीका रुपमा थिए।

जितपछि कार्नीले ट्रेडेउले आफूलाई लिबरल पार्टीको राजनीतिमा लाग्न प्रेरित गरेको बताए। उनले अब लिबरल पार्टी एकजुट भएको प्रतिक्रिया दिए। विजय उत्सव कार्यक्रममा बोल्दै उनकी छोरी क्लेओले बाबुलाई प्रतिविद्धतामा अडिग व्यक्तिको रूपमा लिएको बताइन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : २६ बजे

विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ ।

कांग्रेस फुटनजिक पुगेकै हो ? शेखर भन्छन् : फुट्दैन-फुट्दैन, हामी मिलाउँछौँ 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षले सानेपामा केन्द्रीय

अन्तिम सहमतिका लागि ८ बुँदा पठाएका छौँ : मधु आचार्य

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले अन्तिम पटक सहमतिका

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व