प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । तीनवटै खेल बिहान ९ बजे सुरु हुनेछन् ।

बागमती र आर्मीबीचको खेल भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछ भने लुम्बिनी र पुलिसबीचको खेल तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा हुनेछ । यस्तै, गण्डकी र सुदूरपश्चिमको खेल दाङको लमहीस्थित  देउखुरी क्रिकेट स्टेडियममा हुनेछ । 

बागमती, लुम्बिनी र सुदूरपश्चिमले आज आफ्नो दोस्रो खेल खेल्दैछन् भने आर्मी, नेपाल पुलिस क्लब र गण्डकीले पहिलो खेल खेल्न लागेका हुन् । 

यसअघिको खेलमा बागमती लुम्बिनीसँग पराजित भएको थियो भने सुदूरपश्चिमले कर्णालीसँग हार बेहोरेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : २१ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु