बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते  « Khabarhub

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका– ५ चिराल्नामा डोगडीबाट बुढीगंगा नगरपालिका तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक बुढीगङ्गा नगरपालिका– ४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको मृत्यु भएको हो ।

ट्याक्टरको ट्रली मुनी च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ट्याक्टरमा सवार उनका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही ट्याक्टरमा रहेका अन्य दुई जना भने सकुशल रहेका छन् ।

ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडकबाट खसेको थियो । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ९ : १३ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने