राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै « Khabarhub

राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजा ज्ञानेन्द्रको स्वागत तथा पार्टीका भावी कार्यक्रमबारे छलफल हुने बर्तौलाले बताए ।

आगामी दिनमा हिन्दूराष्ट्र , राजसंस्थाको एजेन्डा स्थापित गर्न र सङ्घीयता खारेज गर्नको लागि समान विचार र उद्देश्य भएकाहरू एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा अध्यक्ष थापाले जोड दिइरहेको सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : ०२ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने