पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल « Khabarhub

पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाउ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको र संशोधित विधानअनुसार जसपा नेपालले थप दुई जना उपाध्यक्ष र एक महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्नेछ ।

संशोधित धारा २९ को उपधारा ३ अनुसार सङ्घीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको बस्नेतले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ११ : ५९ बजे

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको

सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिएपछि प्रतिपक्षी श्रम संस्कृति

बीमाले दिने र निजी पसलमा बिक्री हुने औषधिको गुणस्तरमा भिन्नता छैन 

काठमाडौं– स्वास्थ्य बीमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री