मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा ढिलो फूल फुल्दा… | Khabarhub Khabarhub

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा ढिलो फूल फुल्दा…


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलेका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूलका बोट यतिखेर फूल फुलेर सेताम्मे भएका छन् । विगतका वर्षहरूमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरू फुल्न थालेका हुन् ।

मुख्य रुपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ । जिल्लामा स्याउ खेतीको विकास समेत यही केन्द्रले सुरुवात गरेको थियो । मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ । मुस्ताङका कृषकहरूको आर्थिक विकासमा टेवा पुर्‍याउन र फलफूल तथा तरकारीखेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दिँदै आइरहेको योगदान अतुलनीय छ ।

वसन्त ऋतुको आगमनको सुरुआतसँगै यहाँका शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन् । केन्द्रले उत्पादन गर्ने हाईचिलिङ जात अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूल बोटमा विस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन् । यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फुलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटक मोहित हुने गरेका छन् । तर, यहाँका स्याउ बोटहरूमा चैत्र महिनाको अन्तिम वा वैशाख महिनामा मात्रै फूल फुल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ ।

जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यसप्रकारको अधिकांश जातका फूल फुल्ने  चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । केन्द्रमा उत्पादन हुने अधिकांश जातहरू हाईचिलिङ अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरू रहेको उनको भनाइ छ । उनले यसप्रकारका हाईचिलिङ जातका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक पर्ने बताए ।

केन्द्रमा उत्पादन हुने मुख्य फलफूल जातहरूमा कागजी बदाम ने प्लस अल्ट्रा जातको फलफूल अन्तर्गत पर्दछ । यी मुख्य फलफूलअन्तर्गत आरु फलफूलमा एक अर्ली रेड जात र अर्को ओराइन जातअन्तर्गत पर्दछ । आरुबखडा, मिथ्ले र सान्तारोजा जातमा पर्छ । खुर्पानी सक्करपारा जातमा पर्दछ । केन्द्र प्रमुख आत्रेयले केन्द्रमा मुख्यगरी पाइने यसप्रकारको जात महत्वपूर्ण जातको रुपमा रहेको जानकारी दिए ।

समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइदेखि करिब तीन हजार मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यसप्रकारका फलफूलमा पछिल्लो समय जलवायु परिवर्तनको असरले प्रतिकूल बनाउन थालेको केन्द्र प्रमुख आत्रेयले बताए । ‘जलवायु प्रभावले जमिनको तापमान वृद्धि भइरहेकाले फूल फुल्ने क्रम केही छिटो होकी भन्ने अनुभूति गरेका छौ’, केन्द्र प्रमुख आत्रेयले थपे, ‘बर्सेनि मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने यसप्रकारका फलफूलका जातहरू माथि माथि सर्दै जान थालेका छन् ।’

उनले अनुकूल समयमा एकदुई फेरि आंशिक हिउँ पर्ने र तुषारोका कारण घरपझोङको मार्फा र जोमसोम क्षेत्रमा यसको असर पर्न थालेको बताए । केन्द्रले बर्सेनि गुणस्तरीय बिरुवा उत्पादन गर्ने र यसप्रकारका जातलाई प्रशोधित वस्तु तयार गरी बिक्री वितरण गर्ने काम गदैआइरहेको उनको भनाइ छ ।

केन्द्रले  खुर्पानीको फलबाट प्रशोधित गरी ब्रान्डी, जाम र सुकुटी तयार गर्ने गरेको छ । यसैगरी आरुबखडाको वाइन बनाउने गरिएको छ ।

आरुको ताजा फल बिक्री गर्ने र कागजी बदामको बिरुवा उत्पादन गर्ने काम केन्द्रले गर्दैआइरहेको केन्द्र प्रमुख आत्रेयले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १२ : १९ बजे

पूर्वराजा ज्ञानेन्द्रप्रति कांग्रेस पनि आक्रामक

काठमाडौं– शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहका गतिविधिप्रति सत्ताको नेतृत्व

युएन डीपी कविता प्रतियोगितामा कर्णालीका किशोर आचार्य प्रथम 

काठमाडौं– संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता

अर्थसंक्षेप : अर्थतन्त्रको बाह्य पक्ष ठिकठाक, निरन्तर ओरालो नेप्से र सात फाइनान्स कम्पनी घाटामा

काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्रको बाह्य अवस्था

‘सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाए’

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण

ज्ञानेन्द्रको ‘भड्किलो’ प्रश्न, ओलीको ‘आक्रामक’ जवाफ !

काठमाडौं– करिब एक महिनासम्म पोखरामा बसेर पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार