आयुर्वेद चिकित्सालयमा सेवा विस्तार « Khabarhub

आयुर्वेद चिकित्सालयमा सेवा विस्तार


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५ शय्याको अन्तरङ्ग सेवा (अस्पताल) सञ्चालनमा आएको छ । स्थापनाको करिब तीन दशकसम्म बहिरङ्ग (ओपीडी) सेवा दिँदै आएको चिकित्सालयले बागमती प्रदेश सरकारको सहयोगमा आइतबारदेखि सुरु गरेको २५ शय्याको अस्पतालको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शुभारम्भ गरे ।

चिकित्सालयमा अस्पतालको सेवा शुभारम्भको क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले चिकित्सालयले आफूलाई चाहिने आयुर्वेद औषधिको उत्पादनमा संलग्न हुने कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिए । अस्पताललाई चाहिने भौतिक संरचना, जनशक्ति, उपकरण सहितको सेवा उपलब्ध रहेकाले बिरामीलाई आयुर्वेद सेवामा आकर्षण गर्नतर्फ लाग्न उनले निर्देशन दिए ।

यसअघि बिरामीको स्वास्थ्य जाँच एवं परीक्षणको आधारमा औषधि उपलब्ध गराउँदै आएको चिकित्सालयले अब बिरामीलाई भर्ना गरेर उपचार दिन पाउने भएसँगै रसुवा र नुवाकोटको सेवाग्राही बिरामीलाई यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने कार्यालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए ।

उनका अनुसार चिकित्सालयबाट विशेषज्ञ चिकित्सकसहित विषयगत प्राविधिक (स्वास्थ्यकर्मी) मार्फत बिरामी परीक्षण, पञ्चकर्म/पूर्वकर्म थेरापी, योग, प्राणायाम, जीवनशैली व्यवस्थापन, अकुपञ्चर, प्याथोलोजी ल्याब, निःशुल्क र सशुल्क फार्मेसीलगायतको आयुर्वेद उपचारको सेवा प्रवाह सञ्चालनमा छ ।

बागमती प्रदेश सरकारको नवीनतम कार्यको रुपमा ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन, छ महिनासम्मका सुत्केरी लक्षित दुग्ध प्रवद्र्धक औषधि वितरण, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत उच्च रक्तचाप, मधुमेह, मुटु, श्वासप्रश्वासजन्य रोगको परीक्षण, मानसिक रोग निराकरणसम्बन्धी परामर्शले आयुर्वेद उपचारको सेवा  जनस्तरसम्म विस्तार गरिएको छ ।

कोभिड–१९ को महामारीको समयमा आयुर्वेद औषधालयको सेवा प्रवाह निकै प्रभावकारी भएसँगै त्यसपश्चात् बिरामीको चाप वृद्धि हुँदै आएको चिकित्सालयले जनाएको छ ।

नुवाकोट, रसुवा धादिङ सहित आसपासका जिल्लाबाट हाल दैनिक एकसय बिरामीले बहिरङ्ग सेवा लिँदै आएकाले अन्तरङ्ग सेवा विस्तारले यो दर अझै धेरै वृद्धि हुने लक्ष्य लिएको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १२ : ३६ बजे

समीरले सुरु गरे ‘१२ गाउँ २’को सुटिङ

काठमाडौं – डेब्यू फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएका नायक समीर

वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण

काठमाडौं– वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य

सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण