१६ महिनापछि स्थापना भयो भूकम्प पुननिर्माण आयोजना इकाई  « Khabarhub

१६ महिनापछि स्थापना भयो भूकम्प पुननिर्माण आयोजना इकाई 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भूकम्प गएको १६ महिनापछि भूकम्प पुननिर्माण आयोजना इकाई कार्यालय स्थापना भएको छ । भूकम्पको केन्द्रबिन्दु जाजरकोटमा स्थापना भएको कार्यालयले भूकम्पबाट प्रभावित भएको जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्ला हेर्ने छ । 

१७ कार्तिक २०८० मा जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट क्षति पुगेका संरचना पुननिर्माणको काममा तीव्रता दिन कार्यालय स्थापना भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, तीनै तहका सरकार र जिल्ला विपद् व्यवस्थापन समितिबीच प्रभावकारी समन्वय गरी पुनर्निर्माणलाई गति दिन कार्यालय स्थापना गरिएको सरकारको छ । 

जाजरकोटको भेरी नगरपालिका–१, रिम्नामा जिल्ला भूकम्पीय पुननिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय आइतबार गृहमन्त्री रमेश लेखकले गरेका हुन् । 

भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा ढिलाइ भएको स्वीकार गर्दै अब भने पुनर्निर्माणमा बिलम्ब नहुने गरी सरकार अघि बढेको गृहमन्त्री लेखकले बताए ।

‘सरकारले पुनर्निर्माण कार्यविधि, मापदण्ड, केही ऐन संशोधन गरी विस्तृत क्षतिको आकलन (डीडीए)को काम अघि बढाइसकेकाले पुननिर्माणमा बिलम्ब हुँदैन,’ उनले भने, ‘अब पुनर्निर्माणको कामले गति लिन्छ ।’

भूकम्पले घर भत्किएपछि पुनर्निर्माण पूर्व गरिने डीडीए गर्न जाजरकोटमा ५० र रुकुमपश्चिममा ४८ प्राविधिक जनशक्तिले काम गरिरहेको गृहमन्त्री लेखकले बताए ।

गत १७ कात्तिक २०८० मा जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा एक सय ५४ जनाले ज्यान गुमाएका थिए । 

भूकम्पले जाजरकोट, रुकुमपश्चिम र सल्यानमा ६८ हजार ३ सय २६ परिवार भूकम्पबाट प्रभावित बनेका छन् । जाजरकोटमा ३४ हजार सात सय, रुकुम पश्चिममा ३२ हजार तीन सय ७६ र सल्यानमा एक हजार तीन सय ५० अस्थायी आवास बनेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : १० बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले