रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार « Khabarhub

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मंगलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ ।

तीन वर्षको द्वन्द्व समाधानका लागि मंगलबार हुने बहुप्रतीक्षित वार्तामा गत महिना जेलेन्स्कीको ह्वाइट हाउसको असफल भ्रमणपछि पहिलो पटक अमेरिकी र युक्रेनी अधिकारीहरू भेट्नेछन् ।

जेलेन्स्कीले सोमबार देशको वास्तविक नेता साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट्ने र त्यसपछि उनको टोली ‘मंगंलबार अमेरिकी टोलीसँगको बैठकका लागि बस्ने’ बताए।

रेड सी बन्दरगाह सहर जेद्दामा हुने वार्तामा अमेरिकी मध्यपूर्व दूत स्टिभ विट्कफले वासिङ्टन ‘शान्ति सम्झौताका लागि एक ढाँचा र प्रारम्भिक युद्धविराम पनि पाउन चाहन्छ’ भनेका छन्।

जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्ण रूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताएका छन्।

‘शान्ति नजिक ल्याउने र समर्थन जारी राख्ने दुवै सन्दर्भमा हामी परिणामको आशा गर्दछौँ’, उनले आइतबार साँझ आफ्नो सम्बोधनमा भने।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो सोमबार जेद्दा जाने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि उनको सहभागिताको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ४८ बजे

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार

भिनिसियसले थप गरे सात वर्षको सम्झौता

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार ब्राजिलियन विङ्गर

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक प्रस्तुत हुने

 काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारस्थित संसद्