महानगरको निर्णय : स्वागत कार्यक्रम ज्ञानेन्द्रको, जरिवाना राजेन्द्रलाई « Khabarhub

महानगरको निर्णय : स्वागत कार्यक्रम ज्ञानेन्द्रको, जरिवाना राजेन्द्रलाई


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भन्दै आइतबार त्रिभुवन अन्तिर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको सडक क्षेत्रमा राजावादीहरू जम्मा भए ।

विमानस्थल वरपर हजारौँको संख्यामा राजावदी भेला भएपछि फोहोर भएको थियो । केही ठाउँमा बगैंचाका फूल कुल्चिएको, व्यानर र पोस्टर भुइँमा फ्याँकेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवानको पत्र पठायो ।

महानगरले आइतबार साँझ पठाएको पत्रमा स्वागतमा सहभागीहरूबाट एयपोर्ट, तिलगंगाा, गौशला लगायतको सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्डमा रहेका विरुवाकासाथै रेलिङमा भौतिक क्षति पुगेको, जथाभावी फोहोरमैला गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गराइएको थियो ।

महानगरले स्वागतका क्रममा पुगेका राप्रपा नेपाल र दुर्गा प्रसाईंको अभिानलाई सम्बोधन नगरी राप्रपालाई मात्रै जरिवाना गरायो । निर्वाचन आयोगलाई समेत महानगरले बोधार्थ दिएर पत्र पठाएको २४ घण्टा नबित्दै राप्रपाले भने जरिवाना तिरेको छ ।

फोहोर गरेको आरोपसहित महानगरले राप्रपालाई जरिवाना काटेको विषयमा विवाद पनि भइरहेको छ ।

पूर्वराजाको स्वागतमा अरू समूह पनि थिए । पूर्वराजालाई स्वागत गर्न राजेन्द्र लिङ्देल नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजादवी समूह, संस्कृतिविद् डा. जगमान गरुङ नेतृत्वको समूह, पूर्वमन्त्री डा. केशवबहादुर विष्ट नेतृत्वको समूह, अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल पनि पुगेका थिए ।

यति धेरै समूह सहभागी हुँदा पनि महानगरले लिङ्देन नेतृत्वको राप्रपालाई मात्रै जरिवाना गरेको विषयले सामाजिक सञ्जाल पनि तताएको छ ।

यसबारेमा महानगरममा सम्पर्क गर्दा आधिकारिक रुपमा राप्रपाले मात्रै कार्यक्रमको अनुमति मागेकाले जरिवाना गराएको जनाएको छ । मेयर बालेन्द्र शाह (बालेन)का प्रेस संयोजक राजेन्द्र बजगाईंका अनुसर राप्रपाले पूर्वराजाको स्वागत गर्ने अनुमति मागेकाले उसैलाई जरिवाना गराएको बताए ।

‘राप्रपाले पूर्वराजाको स्वागतका क्रममा सुरक्षा मिलाइदिन भन्दै प्रहरी, प्रशासनमा अनुमति मागेका थियो’, बजागाईले खबरहबसँग भने, ‘त्यही भएर महानगरले राप्रपालाई नै जरिवाना तिराएको हो ।’

खासमा यो कार्यक्रम पूर्वराजा ज्ञानेन्द्र शाहकै नाममा भएको थियो । राजावादी दलहरू त उनको स्वागतमा मात्रै पुगेका थिए । माघ २७ गतेदेखि पोखरा बसेका उनी काठमाडौंमा ठूलो जनसमूह जम्मा हुने सूचनाकै आधारमा आएका थिए ।

पोखरामा साइत नपरेको भन्दै दही सगुनका रुपमा लिएर समिट एयरको चार्टर्ड जहाजमा पूर्वराजा शाह काठमाडौं उत्रिएका थिए । तर, उनकै स्वागतमा मानिस भेला हुँदाको फोहोरबारे बालेनले पूर्वराजसंस्थाको परिवारलाई भने प्रश्न नगरी राप्ररापालाई मात्रै जरिवाना तिराएको हो ।

यस अगाडि पनि महानगरले राप्रपालाई जरिवाना गराएको थियो । राप्रपाले त्यसबेला पनि २५ हजार जरिवाना तिरेको थियो ।
एमालेले कार्यक्रम गर्दा पनि फोहोर गरेको भन्दै तिराएको जरिवानो एमालेले अहिलेसम्म नतिरहेको महानगरले जनाएको छ । महानगरले एमालेलाई पनि एक लाख रुपैयाँ जरिवाना गराएको थियो । तर, एमालेले भने जरिवानको पत्रसमेत बुझ्न मानेको थिएन ।

एमालेले अहिलेसम्म त्या जरिवाना तिरेको छैन । तर, यता राप्रपाले भने महानगरले जरिवाना गरेको १४ घण्टा पनि बित्न नपाउँदै जरिवाना तिरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ३ : २५ बजे

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट

सभापति गगनले भने : जवाफदेही भएर राजीनामा दिएँ, अब महाधिवेशनबाट सबै कुराको छिनोफानो हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा

अमेरिका–इरान युद्ध रोक्न कसरी मध्यस्थतकर्ताको भूमिकामा आइपुग्यो पाकिस्तान ?

इस्लामावाद- अमेरिका र इजरायलद्वारा इरानविरुद्ध थालिएको युद्धको २४औँ दिनमा पाकिस्तानले

संविधानसभापछि सिंहदरबार फर्कँदै संसद्

काठमाडौं– मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै