प्रजातन्त्रको विकल्प कुनै तन्त्र हुन सक्दैन : एनपी साउद « Khabarhub

प्रजातन्त्रको विकल्प कुनै तन्त्र हुन सक्दैन : एनपी साउद


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै तन्त्र हुन नसक्ने बताएका छन् । संघीय राजधानी काठमाडौंमा राजावादीहरूले आइतबार गरेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुन सक्ने बताएका हुन् ।

‘प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुन सक्छ,’ कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्‌घाटन समारोहमा नेता साउदले भने ।  

उनले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध भने नगरेको स्पष्ट पार्दै प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई संविधानले जहिले पनि अंगिकार गर्दै आएको स्मरण गरे । 

‘अहिले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध पनि गरेको छैन,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई हाम्रो संविधानले जहिले पनि अङ्गिकार गर्दै आएको छ ।’ 

उनले संसद्मा रहेका कम्युनिस्ट र सडकमा रहेका राजावादीबाट जुनसुकै बेलामा पनि प्रजातन्त्रमाथि प्रहार हुन सक्ने भन्दै कांग्रेस सहज रहनुपर्नेमा जोड दिए । 

‘आज मुलुकको अवस्था जटिल छ । संसद्‌भित्र हेर्ने हो भने कम्युनिस्टहरूको दुईतिहाइ सङ्ख्या छ । सडकमा हेर्ने हो भने हिजो जनआन्दोलनको प्रक्रियाबाट हामीले इतिहासको भग्नावशेषमा सुताइसकेकाहरू पनि ब्युँतिन खोज्दै छन्,’ साउदले भने, ‘त्यसकारण यी शक्तिहरूबाट जनुसुकै बेलामा पनि प्रजातन्त्रलाई, प्रजातान्त्रिक संविधानलाई, नेपाली जनताका उपलब्धि र आकांक्षालाई प्रहार हुन सक्ने भएकाले नेपाली कांग्रेस जहिले पनि सजग, सचेत, चनाखो रहनुपर्ने आवश्यकता छ ।’ 

संविधान, संवैधानिक प्रक्रिया र नेपाली जनताले सङ्घर्ष गरेर ल्याएको प्रजातन्त्र-गणतन्त्रविरुद्ध कुनै शक्ति जुर्मुराउन खोजे त्यसलाई परास्त गर्न कांग्रेस अगाडि आउने पनि साउदले बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : ०३ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त