राप्रपा नेपालले भन्यो- पूर्वाराजाको आग्रह जनताले स्वीकारे, सबै राजावादी मिल्ने बेला आयो « Khabarhub

राप्रपा नेपालले भन्यो- पूर्वाराजाको आग्रह जनताले स्वीकारे, सबै राजावादी मिल्ने बेला आयो


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई जनताले स्वीकारेको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले ४ बुँदे निर्णय गर्दै देशलाई संकटबाट मुक्त गर्न पूर्वराजाबाट सहयोगका लागि गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसाथ गरेका निष्कर्ष निकालेको हो ।

राप्रपा नेपालले आइतबार काठमाडौंमा भएको बृहत् जनप्रदर्शनबाट पूर्वराजाको आह्वान जनअनुमोदित भएको जनाएको छ।

उक्त प्रदर्शनपछि अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना हुने सुस्पष्ट संकेत गरेको बैठकपछि पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाले भनेका छन् ।

‘जनताको यो आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढङ्गबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलको काँधमा आएको छ । जनताले यथास्थितिमा परिवर्तन खोजेका छन् । हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयता खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहाना हो’, उनले भनेका छन्, ‘सर्वपक्षीय सहमतिको आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु हुँदैन ।’

राप्रपा नेपालले जनताको चाहाना र भावनालाई दमन वा उपेक्षा गर्ने प्रयास भए परिस्थिति नियन्त्रण बाहिर गई अप्रिय दुर्घटना हुनेसमेत जनाएको छ ।

‘जनताले चाहेको परिवर्तनको चाहनालाई संस्थागत गर्न तथा हिन्दुराष्ट्र र राजसंस्था पुन: स्थापनाको पक्षमा देखापरेको जनउत्साहलाई निष्कर्षमा पुर्‍याउन सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू यथासम्भव चाँडो एकतावद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न राप्रपा नेपाल आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘सबै राष्ट्रवादी एकजुट हुने हो भने जनताको साथ र समर्थन रहने तथा परिवर्तन सम्भव छ भन्ने फागुन २५ गतेको ऐतिहासिक जनप्रदर्शनले स्पष्ट पारेको छ।’

राप्रपा नेपालले राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी, देशभक्त शक्ति एकजुट भई ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्नसमेत अपिल गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : २० बजे

संसद्‍बाट प्रधानमन्त्रीले भने : नेपालले पनि भारतीय भूमि मिचेको रहेछ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले तत्परता देखाइसकेको

सदनमा प्रधानमन्त्रीले भने- भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालको भूभाग भारतले मात्रै नमिचेर भारतको

आत्मविश्वास भन्दापनि पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले देशलाई स्तरोन्नतीको विषयमा भन्दा पनि

संसद्‍मा प्रधानमन्त्रीको जवाफ : ३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखौजौँ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकाले काठमाडौं उपत्यकाको

देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान

काठमाडौं– देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि रहेको