राजावादीले प्रदर्शन गरेकै दिनबाट दुई महिनालाई थपियो काठमाडौंका यी ठाउँमा निषेधाज्ञा | Khabarhub Khabarhub

राजावादीले प्रदर्शन गरेकै दिनबाट दुई महिनालाई थपियो काठमाडौंका यी ठाउँमा निषेधाज्ञा

सहायक प्रजिअ पौडेल भन्छन्- नयाँ निर्णय भएको होइन, पुरानैको निरन्तरता


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किने एक दिनअघि नै काठमाडौंका विभिन्‍न स्थानमा निषेधाज्ञा जारी गरेको खुलेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गत शुक्रबारको निर्णयअनुसार राजधानी सहरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेका हुन् ।

प्रजिअ तिवारीले जारी गरेको निषेधाज्ञाको सूचना पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमा राखिसकेको छ ।

तर उक्त सूचना ‘जिल्ला प्रशासन कार्यालय काठमाडौं’ नाम गरेर खोलिएको फेसबुक पेजमा राखिएको छैन । त्यहाँ अन्तिम सूचना फेब्रुअरी २३ तारिखमा राखिएको छ ।

प्रशासनको वेबसाइटमा अपडेट गरिए पनि यो सूचना सामाजिक सञ्जालमा पुगेको थिएन । उक्त सूचना आफूलाई राजावादी भन्दै ज्ञानेन्द्र शाहको पक्षमा वकालत गरिरहेका पूर्वसचिव भीम उपाध्यायसहितले सोमबारदेखि भाइरल बनाइरहेका छन् ।

तर काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले हरेक दुई दुई महिनामा निषेधाज्ञा थप्ने कार्यलाई निरन्तरता मात्रै दिइएको बताए ।

‘यो कुनै नौलो निर्णय होइन, पुरानै निर्णयलाई प्रशासनले निरन्तरता दिएको हो’, उनले खबरहबसँग भने, ‘सुरक्षा संवेदनशीलता हेरेर निषेधाज्ञा दुई दुई महिनामा थप्ने चलन छ । यस पटक पनि त्यही भएको हो । नयाँ स्थान तोकेर नयाँ निर्णय भएको होइन ।’

प्रजिअ तिवारीले जारी गरेको उक्त सूचनामा काठमाडौंका जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ । राजावादीहरूले प्रदर्शन गर्ने दिन आइतबारदेखि नै लागु हुने गरी उक्त निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

प्रजिअ तिवारी जारी गरेको सूचना अनुसार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा लागु भएको भनिएको छ। यी स्थानमा यसअघि पनि निषेधाज्ञा थियो । त्यसैलाई निरन्तरता मात्रै दिइएको सहायक प्रजिअ पौडेलले बताए ।

निषेधाज्ञाको सूचनामा अबको दुई महिनाका लागि ठूला भेला र प्रदर्शन गर्न नपाइने प्रशासनले भनेको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराऊ र प्रदर्शन गर्न नपाइने पनि उल्लेख गरिएको छ । यसअघि पनि यही व्यवस्था थियो । पुरानै व्यवस्थालाई निरन्तरता मात्रै दिइएकाले नौलो ठान्नु जरुरी नभएको सहायक प्रजिअ पौडेलले बताए ।

प्रशासनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र त्यस आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : १९ बजे

वर्षा र हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह

गण्डकी – जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय

काठमाडौं – महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले

जाँचबुझ आयोगद्वारा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन

कञ्चनपुर – गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा

ट्रम्प-सी भेटवार्ता : थामिएला दुई ‘महाशक्ति’ बीचको व्यापार युद्ध ?

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति

स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह

बेइजिङ– चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी