गण्डकी प्रदेश सभामा थप दुई विधेयक दर्ता « Khabarhub

गण्डकी प्रदेश सभामा थप दुई विधेयक दर्ता


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पोखरा । गण्डकी प्रदेश सरकारले विधेयक दर्ताको प्रक्रिया तीव्र बनाउँदै गएको छ। सोमबार मात्रै प्रदेश सभा सचिवालयमा थप दुई विधेयक दर्ता गरिएको छ।

गण्डकी प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीका अनुसार ‘गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार दर्ता भएका हुन्।

प्रदेश सरकारले हाल विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरू लगातार रूपमा प्रदेश सभामा पेस गर्दै आएको छ। फागुन २३ गते मात्र सरकारले अध्यादेश प्रतिस्थापन विधेयक दर्ता गरेको थियो। हालसम्म प्रदेश सरकारले ७३ वटा कानुन निर्माण गरिसकेको छ भने मन्त्रिपरिषद्ले तीन कानुन खारेज गर्ने निर्णय गरेको छ।

खासगरी विज्ञान तथा प्रविधिसम्बन्धी विधेयक खारेज गर्ने निर्णयप्रति सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले असहमति जनाएका छन्। कतिपय सांसद तथा विश्लेषकहरूले विधेयकहरू पर्याप्त छलफलबिना हतारमा ल्याइएको आशंका गरेका छन्।

यसअघि पनि प्रदेश सरकारले आर्थिक, सामाजिक तथा पूर्वाधार विकाससँग सम्बन्धित थुप्रै विधेयक दर्ता गरिसकेको छ। दर्ता भएका विधेयकहरू अब प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरिनेछ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : १९ बजे

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा