बिहीबार भगवान विष्णुको पूजा « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत २८ गते बिहीबार चैत शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अप्रिल १० तारिख। भद्रकाली रथयात्रा आरम्भ एवम् महावीर जयन्ती।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ५ : १९ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण