राजस्थानविरुद्ध ५८ रनको शानदार जित निकाल्दै गुजरात आईपीएलको शीर्ष स्थानमा « Khabarhub

राजस्थानविरुद्ध ५८ रनको शानदार जित निकाल्दै गुजरात आईपीएलको शीर्ष स्थानमा


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटानको सनसनी पूर्ण प्रदर्शन कायम नै रहेको छ। बुधबार भएको खेलमा गुजरातले राजस्थान रोयललाई ५८ रनले हरायो।

२१८ रनको लक्ष्य पछ्याएको राजस्थान ४ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५९ रनमा सीमित भयो।

राजस्थानका सिम्रन हटमायरले ३२ बलमा ५२ तथा सञ्जु सामसनले २८ बलमा ४१ रन जोडे। रियान परागले २६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्।

राजस्थानलाई सस्तोमा समेट्ने क्रममा प्रसिद्ध कृष्णले सानदार बलिङ गरे। उनले चार ओभरमा २४ रन दिएर तीन विकेट लिए। रसिद खान र साई किशोरले समान दुईदुई विकेट लिए। स्टार स्पिनर खान रहेको टिममा यस सिजन उनी भन्दा प्रसिद्ध कृष्ण र सुदर्शन छाएका छन्।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा २१७ रनको योगफल खडा गरेको थियो।

गुजरातका लागि साई सुदर्शनले ५३ बलमा ८२ रन जोडे। उनको पारीमा आठ चौका र तीन छक्का समावेश थियो। जोस बटलर र साहरुख खानले ३६ रन जोडे। राहुल टेबटियाले १२ बलमा २४ र रसिद खानले चार बलमा १२ रन जोडे। सुदर्शन प्लेयर अफ द म्याच घोषित भए।

तुसार देश पाण्डे र महेश थक्सेनाले समान दुई विकेट लिए पनि उनीहरू अत्यन्त महँगो साबित भए। पाण्डेले ५३ तथा थक्सेनाले ५४ रन खर्चिए। लगातार चौथो जित हात पारेको गुजरात आठ अङ्कसहित शीर्ष स्थानमा उक्लेको छ। राजस्थान चार अङ्कसहित सातौँ स्थानमा छ।

यो खेलपछि लखनउ सुपर जायन्ट्सका निकोलास पुरणलाई पछ्याउदैं सुदर्शन धेरै रन प्रहार गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा आफूलाई राखेका छन्। पुरणले २८८ तथा सुदर्शनले २७३ रन प्रहार गरेका छन्।

गुजरातका साइ किशोर र मोहम्मद सिराजले १० विकेट लिएका छन्। प्रसिद्ध कृष्णले आठ विकेट लिएका छन्।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : १४ बजे

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त