कोशी प्रदेशका उद्यमी किसानलाई कृषि कर्जामा अनुदान « Khabarhub

कोशी प्रदेशका उद्यमी किसानलाई कृषि कर्जामा अनुदान


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– कोशी प्रदेशका उद्यमी किसानले कृषि कर्जामा ब्याज अनुदान पाउने भएका छन् । उत्पादनमूलक उद्यम गर्ने व्यावसायिक किसानलाई प्रदेशको उद्योग तथा कृषि मन्त्रालयले कर्जामा ब्याज अनुदान दिने जनाएको हो ।

प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार अनुदान परिचालन गर्न जिल्ला जिल्लामा सरोकार भएकाहरूसँग छलफल गरिरहेको छ । बुधबार ओखलढुङ्गामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको संयुक्त आयोजना र प्रदेश सरकारको समन्वयमा आयोजित कार्यक्रममा उद्यमी कृषक, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू, गाउँपालिकाका उपप्रमुख, सबै स्थानीय तहका कृषि शाखाका प्रमुखहरूसँग कृषि कर्जामा सरकारले दिने ब्याज अनुदानको मापदण्ड र पुर्‍याउनुपर्ने प्रक्रियाका विषयमा जानकारी दिइएको थियो ।

कृषि क्षेत्रमा व्यावसायिक रुपमा उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषिउपजको मूल्य अभिवृद्धिका लागि बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत कृषि कर्जा परिचालन गरी कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराइ कृषि व्यवसाय प्रवर्द्धन गर्न प्रदेश सरकारले उद्यमी किसानलाई कृषि कर्जामा ब्याज अनुदान दिने कार्यविधि पनि सार्वजनिक गरिएको छ ।

अनुदानको अवधारण, कर्जा पाउन सक्ने किसानको छनोट, कर्जा प्रवाहमा पालना गर्नुपर्ने नियम, कृषि कर्जा स्वीकृति प्रक्रिया, कर्जाको सीमा, अवधि र शर्त, ब्याज अनुदान दर, अनुदान भुक्तानी प्रक्रियालगायत विषयमा सरोकार भएकालाई मन्त्रालयका कृषि परामर्शदाता नवीन अधिकारीले जानकारी दिए ।

जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले देशको समृद्धिको आधार कृषि नै भएकाले कृषि क्षेत्र र किसानको उत्थानका लागि सङ्घ, प्रदेश, स्थानीय तहको सक्रियता आवश्यक भएको बताए ।

सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले किसानमैत्री यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकार क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १० : २३ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण