कोशी प्रदेशका उद्यमी किसानलाई कृषि कर्जामा अनुदान « Khabarhub

कोशी प्रदेशका उद्यमी किसानलाई कृषि कर्जामा अनुदान


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– कोशी प्रदेशका उद्यमी किसानले कृषि कर्जामा ब्याज अनुदान पाउने भएका छन् । उत्पादनमूलक उद्यम गर्ने व्यावसायिक किसानलाई प्रदेशको उद्योग तथा कृषि मन्त्रालयले कर्जामा ब्याज अनुदान दिने जनाएको हो ।

प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार अनुदान परिचालन गर्न जिल्ला जिल्लामा सरोकार भएकाहरूसँग छलफल गरिरहेको छ । बुधबार ओखलढुङ्गामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको संयुक्त आयोजना र प्रदेश सरकारको समन्वयमा आयोजित कार्यक्रममा उद्यमी कृषक, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू, गाउँपालिकाका उपप्रमुख, सबै स्थानीय तहका कृषि शाखाका प्रमुखहरूसँग कृषि कर्जामा सरकारले दिने ब्याज अनुदानको मापदण्ड र पुर्‍याउनुपर्ने प्रक्रियाका विषयमा जानकारी दिइएको थियो ।

कृषि क्षेत्रमा व्यावसायिक रुपमा उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषिउपजको मूल्य अभिवृद्धिका लागि बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत कृषि कर्जा परिचालन गरी कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराइ कृषि व्यवसाय प्रवर्द्धन गर्न प्रदेश सरकारले उद्यमी किसानलाई कृषि कर्जामा ब्याज अनुदान दिने कार्यविधि पनि सार्वजनिक गरिएको छ ।

अनुदानको अवधारण, कर्जा पाउन सक्ने किसानको छनोट, कर्जा प्रवाहमा पालना गर्नुपर्ने नियम, कृषि कर्जा स्वीकृति प्रक्रिया, कर्जाको सीमा, अवधि र शर्त, ब्याज अनुदान दर, अनुदान भुक्तानी प्रक्रियालगायत विषयमा सरोकार भएकालाई मन्त्रालयका कृषि परामर्शदाता नवीन अधिकारीले जानकारी दिए ।

जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले देशको समृद्धिको आधार कृषि नै भएकाले कृषि क्षेत्र र किसानको उत्थानका लागि सङ्घ, प्रदेश, स्थानीय तहको सक्रियता आवश्यक भएको बताए ।

सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले किसानमैत्री यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकार क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १० : २३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ