नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु | Khabarhub Khabarhub

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाली सेनाले आजदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ ।

नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।

‘ऐतिहासिक महत्व बोकेका कोट, गढी, किल्लाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै इतिहासलाई जोगाउने पदयात्राको उद्देश्य हो, उनले भने, ‘सोही उद्देश्यका साथ आजदेखि गोरखा हुँदै जितगढीसम्म पदयात्राको थालनी गरिएको छ ।’ सेनाको टोली एघारौँ दिनमा जितगढी पुग्नेछ ।

टोलीले ३०५ किलोमिटर दूरी पार गर्ने प्रमुख सेनानी क्षेत्रीले बताए । पदयात्रामा पृथ्वीनारायण शाहले खडा गरेका कालीबक्स गण, पुरानो गोरख, बर्दवाणी गण, सवुज गण र जितगढीको लडाइँमा भाग लिएको गुरुबक्स पल्टनको टोली सहभागी भएका छन् ।

गोरखा दरबारस्थित हनुमान भन्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झन्डा, टर्च लाइट र पाँचवटै गणको झन्डा बोकेर सेनाको टोली पदयात्रामा निस्किएको हो । टोलीले पालुङटारस्थित सतिघाटमा पुगेर तनहुँलाई र तनहुँले पाल्पास्थित सेनाको टोलीलाई झन्डा हस्तान्तरण गर्नेछ ।

त्यसैगरी पाल्पाले रूपन्देही र रूपन्देहीको सेनाको टोली जितगढी पुगेर आगामी वैशाख ७ गते विजयोत्सवमा सहभागी हुने कार्यक्रम रहेको प्रमुख सेनानी क्षेत्रीले जानकारी दिए ।

तत्कालीन ब्रिटिस इस्टइन्डिया कम्पनी र नेपालबीच भएको लडाइँमा विजयप्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजयोत्सवका रूपमा मनाउने गरिँदै आएको छ । पदयात्राले एकीकरण पदमार्गको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १२ : २६ बजे

बर्खास्त गर्नुपर्ने मन्त्रीको ‘कांग्रेस साक्षी किनारा सदर’ : शेखर कोइराला

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बर्खास्त

सञ्जालमा छाडा गीत : न डिलिट गर्न सहज, न कुनै कानूनी उपचार !

दुई दशक अगाडि सपरिवार बसेर टिभी हेर्ने चलन थियो। रेडियो

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– लेदोसहितको पहिरोले बीपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।