बानेश्वरमा शिक्षकको प्रदर्शनले सवारी आवागमन अस्तव्यस्त (तस्बिरहरू) « Khabarhub

बानेश्वरमा शिक्षकको प्रदर्शनले सवारी आवागमन अस्तव्यस्त (तस्बिरहरू)


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै महासंघले बिहीबार पनि काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।  यस अघि आन्दोलन शान्तिपूर्ण रहँदै आएकोमा आज भने शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा बानेश्वर क्षेत्रमा सवारी आवागमन प्रभावित भएका छन् । 

शिक्षकको प्रदर्शनले ३ लेन सडक बन्द भएपछि फसेको दुईपांग्रे सवारीलाई आफैले निकाल्न बाध्य भएका छन् । 

सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १ : ३९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित