खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस « Khabarhub

खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– लामो समयको खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस गराएको छ ।
 
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराका अनुसार आज बिहान पर्सामा ७२ मिलीमिटर र बारामा आठ दशमलव पाँच मिलीमिटर वर्षा भएको छ । 

वीरगञ्ज महानगर–२१ पटेल नगरका शिवहरि पटेलले वर्षात्को पानीले चैते धानको लागि फाइदा पुगेको बताए । ‘खडेरीले सबै फसल सुक्न लागिसकेको थियो’, उनले भने, ‘वर्षात्ले केही हदसम्म भए पनि राहत महसुस गराएको छ ।’

पछिल्लो समय तराई–मधेसमा गहुँ काट्ने सिजन चलिरहेको छ । चैते धान तथा मकैखेती सिजन सुरु भएको छ । वीरगञ्ज महानगर–२४ बहुअरीका किसान सितासमा चौहानले वर्षात्को पानीले तरकारीखेती गर्नका लागि सहज भएको बताए । पर्सामा ४७ हजार १०३ हेक्टरमा धानखेती हुने गर्छ । 

त्यसैगरी पर्वत संवाददाताका अनुसार छ महिना लामो खडेरीपछि वर्षा हुँदा कृषकहरूले राहत महसुस गरेका छन् । 

खडेरीले हिउँदे खेती प्रभावित भएपछि निराश बनेका कृषकहरू  बुधवार रातीदेखिको वर्षापछि हर्षित भएका हुन् । वर्षा नहुँदा मकै सुक्न थालेका थिए भने कोदो र धानको बीउ उम्रिन सकेको थिएन । 

वर्षा नभएका कारण गहुँ, आलु, जौ, फापरलगायतको खेती फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए । जिल्लामा सिंचाई सुविधा पुगेको आठ हजार हेक्टर बाहेक अधिकांश स्थानका कृषकहरू आकाशे पानीमा निर्भर छन् । 

‘खडेरीका कारण मकै गोडमेल गर्न पाइएको थिएन, अब सहज भएको छ’, ठुलीपोखरीका कृषक रामप्रसाद सापकोटाले भने । ढिलो गरी वर्षा भए पनि बारीमा मकै लगाउन, लहरेवालीलगायत विभिन्न तरकारी र वर्खे आलु खेती गर्न सहज भएको कृषकहरूको भनाई छ । 

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतले ह्रास आएको छ । सबैभन्दा धेरै तेलहन र गहुँवाली प्रभावित भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिए । 
 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १ : ४८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर