मध्यपहाडी लोकमार्गको बाङ्गेचौर–उपल्लाचौर खण्ड स्तरोन्नति हुँदै « Khabarhub

मध्यपहाडी लोकमार्गको बाङ्गेचौर–उपल्लाचौर खण्ड स्तरोन्नति हुँदै


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ बजार खण्डमा स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ । 

एक दशक अगाडि निर्माण भएको यो खण्ड मापदण्डभन्दा साँघुरो हुँदा फराकिलो बनाई कालोपत्र गर्न गर्न थालिएको हो । हाल करिब पाँच मिटर चौडा रहेको उक्त सडकलाई स्तरोन्नति गरी सात मिटर बनाइएको हो ।

तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई सो सडक हस्तान्तरण गरेको थियो ।

बागलुङ नगरपालिका–१ बाङ्गेचौरबाट वडा नंं ४ को उपल्लाचौरसम्मको दुई किलोमिटर फराकिलो बनाई कालोपत्र गर्न थालिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

सडक स्तरोन्नतिका लागि रु छ करोड ७२ लाख ६५ हजारमा एचसीबिजिसीएस गोर्खा कम्पनीले जिम्मा पाएको उनको भनाइ छ । अहिले निर्माण कम्पनीले कामदार खटाएर धमाधम काम गरिरहेको छामिछानेले बताए । यस सडकखण्डलाई सात मिटर चौडाको ‘डबल लेन’ बनाइने उनको भनाइ छ । 

निर्माण कम्पनीले गत फागुनमा सडक स्तरोन्नतिका लागि सम्झौता गरेको र आगामी २०८२ भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने छामिछाने बताउँछन् ।

‘यो सडकखण्ड धेरै वर्ष अगाडि कालोपत्र भएको हो, भत्किएर साँघुरिएको थियो, केही समय अगाडि मात्र लोकमार्गले सडक डिभिजनलाई हस्तान्तरण गरेको थियो’, सूचना अधिकारी लामिछानेले भने, ‘निर्माण कम्पनीले काम सुरु भएको धेरै भएको छैन, छोटो समयमै १० प्रतिशत काम सकेको छ, अबको छ महिनामा काम सक्नुपर्ने छ ।’

सवारी चालक प्रेमनाथ कँडेलले यो सडक साँघुरो हुँदा दुर्घटनाको उच्च जोखिम भएको बताए । पहिला थोरै सवारीसाधन चल्ने उक्त सडकमा अहिले दैनिक जिल्लाको बुर्तिबाङ, गलकोटसहित म्याग्दी, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोटलगायत ठाउँ पुग्ने यातायात सञ्चालन हुँदा चाप बढेको कँडेलको भनाइ छ । 

साँघुरो सडकका कारण गाडी ओहोरदोहोर गर्न समस्या भएको उनले बताए । स्तरोन्नतिपछि सहज हुने कँडेल बताउँछन् ।

मध्यपहाडी लोकमार्ग बागलुङमा करिब १४० किलोमिटर पर्छ । त्यसमध्ये हालसम्म बिहुँ खण्डको करिब १२ किलोमिटरबाहेक अन्य सबै खण्ड कालोपत्र भइसकेको छ । बिहुँ खण्डमा पनि अहिले स्तरोन्नतिको काम भइरहेको छ । 
 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  २ : ३८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी