शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवर्द्धन गर्नुपर्छ : मन्त्री भण्डारी « Khabarhub

शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवर्द्धन गर्नुपर्छ : मन्त्री भण्डारी


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श सेवा दिने कम्पनी तथा संस्थालाई साना व्यवसाय तथा ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल शैक्षिक परामर्श सङ्घले आज आयोजना गरेको ‘शैक्षिक परामर्श क्षेत्रको औद्योगिक मान्यता: सरकारको भूमिका’ विषयक कार्यक्रममा उनले शैक्षिक परामर्श सेवा प्रदायकले समेत नवीनतम सोच प्रयोग गरी व्यवसाय सञ्चालन गरेकाले स्टार्टअप उद्यम हुनसक्ने बताए । 

मन्त्री भण्डारीले शिक्षा क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल सरकारले शिक्षा क्षेत्रको विकासका लागि ठूलो लगानी गरिरहेको बताए । 

उनले भने, ‘यसै सन्दर्भमा शैक्षिक परामर्श प्रदान गर्ने कार्यलाई उद्यमशील र रोजगारमुखी क्षेत्रका रूपमा हेरिन्छ, यस क्षेत्रले उल्लेख्य मात्रामा रोजगारी सृजना गरेको सहजै अनुमान गर्न सकिन्छ, शैक्षिक परामर्श प्रदान गर्ने क्षेत्रलाई सेवा उद्योगका रूपमा सरकारले मान्यता दिएको छ ।’

शैक्षिक परामर्श प्रदान गर्ने क्षेत्रलाई पारदर्शी बनाई सहज र सुलभ सेवा प्रवाह गर्नका लागि आवश्यक पूर्वाधार विकासमा थप काम गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले हाल शैक्षिक परामर्श सेवा दिने कम्पनीहरूले आफ्नो सेवालाई विश्वसनीय बनाउन ‘एक्रिडिटेशन’समेत गरी अघि बढ्नुपर्ने देखिएको बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  २ : ५९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन