समाजलाई सङ्गठित गर्नु आजको आवश्यकता हो : उपराष्ट्रपति यादव « Khabarhub

समाजलाई सङ्गठित गर्नु आजको आवश्यकता हो : उपराष्ट्रपति यादव


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताका आधारमा सङ्गठित गर्नु आजको आवश्यकता भएको बताएका छन् । 

भगवान् महावीरको २६२४औँ जन्मजयन्तीका अवसरमा ‘नेपाल जैन परिषद्’ले आज आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अनेकान्तवादले हामीलाई विभिन्न दृष्टिकोणहरूलाई सम्मान गर्न र सहिष्णुता अङ्गीकार गर्न सिकाउँदछ, जुन आजको समाजमा सामाजिक सद्भावका लागि अत्यन्तै आवश्यक छ ।’

भगवान् महावीर जन्मजयन्तीले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई थप सवल र बलियो बनाउने अवसर प्रदान गर्ने उनको भनाइ छ । 

भगवान् महावीरका जीवन र उनले प्रतिपादन गरेका सिद्धान्तहरू सिङ्गो मानव जीवनका विविध पक्ष र आयामलाई समृद्ध बनाउने मार्गदर्शनबाट अभिप्रेरित भएको उपराष्ट्रपति यादवले बताए । 

‘मानव जीवनका लागि अपरिहार्य ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक भगवान् महावीरको जीवनले हामीलाई अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिनुका साथै उहाँले देखाउनुभएको सत्मार्ग, कर्ममार्ग र नैतिक मार्गमा हिँड्न हामीलाई अभिप्रेरित गर्दै मानव जीवनमा शान्ति, सद्भाव र मैत्री भाव प्रसार गर्नमा उत्तिकै सहयोग गर्दै आएको छ’, उनले भने । 

सामाजिक रूपमा, जैन धर्मले सहिष्णुता, अहिंसा र भाइचारा प्रदर्शन गर्दै आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षासहितको विविधतायुक्त नेपालजस्तो मुलुकमा जैन धर्मका सिद्धान्तहरूले देश र समाजका सबै वर्गहरूबीच सहिष्णुता र सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको धारणा छ । 

नेपाल जैन परिषद्का अध्यक्ष विमल जैनले भगवान् महावीरले असत्यलाई सत्यबाट जित्नका लागि दिएको सन्देश आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष हुकुम दुगडलाई सम्मान गरिएको थियो । त्यसैगरी अर्का पूर्वअध्यक्ष स्वर्गीय ओमप्रकाश नौलखालाई मरणोपरान्त सम्मान गरिएको थियो ।  

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ३ : ४२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी