राजस्थान रोयल्सलाई आईपीएलले तिरायो २४ लाख जरिवाना « Khabarhub

राजस्थान रोयल्सलाई आईपीएलले तिरायो २४ लाख जरिवाना


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो ।

र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका खेलाडीले पाएको सजायको कारण खेलसँग सम्बन्धित थियो ।

राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ । यो जरिवाना लाग्नुअघि राजस्थानको टोलीले अर्को घाउ भोगेको थियो । 

आईपीएलले एक प्रेस विज्ञप्ति जारी गर्दै राजस्थान रोयल्सका खेलाडी र कप्तानलाई लगाइएको जरिवानाको जानकारी दिएको छ । राजस्थानका कप्तानलाई स्लो ओभर रेटका कारण २४ लाख रुपैयाँ जरिवाना गरिएको छ । इम्प्याक्ट खेलाडीसहित खेलमा खेल्ने बाँकी खेलाडीलाई ६ लाख रुपैयाँ वा म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको हो ।

यो आईपिएल २०२५ मा राजस्थान रोयल्सको स्लो ओभर रेटसँग सम्बन्धित दोस्रो गल्ती थियो, त्यसैले कप्तान सञ्जु सामसनलाई आईपीएल आचार संहिता अन्तर्गत २४ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ४ : ०८ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६