राजस्थान रोयल्सलाई आईपीएलले तिरायो २४ लाख जरिवाना « Khabarhub

राजस्थान रोयल्सलाई आईपीएलले तिरायो २४ लाख जरिवाना


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो ।

र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका खेलाडीले पाएको सजायको कारण खेलसँग सम्बन्धित थियो ।

राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ । यो जरिवाना लाग्नुअघि राजस्थानको टोलीले अर्को घाउ भोगेको थियो । 

आईपीएलले एक प्रेस विज्ञप्ति जारी गर्दै राजस्थान रोयल्सका खेलाडी र कप्तानलाई लगाइएको जरिवानाको जानकारी दिएको छ । राजस्थानका कप्तानलाई स्लो ओभर रेटका कारण २४ लाख रुपैयाँ जरिवाना गरिएको छ । इम्प्याक्ट खेलाडीसहित खेलमा खेल्ने बाँकी खेलाडीलाई ६ लाख रुपैयाँ वा म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको हो ।

यो आईपिएल २०२५ मा राजस्थान रोयल्सको स्लो ओभर रेटसँग सम्बन्धित दोस्रो गल्ती थियो, त्यसैले कप्तान सञ्जु सामसनलाई आईपीएल आचार संहिता अन्तर्गत २४ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ४ : ०८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको