‘मुलुकको समान विकासका लागि संघीय शासन प्रणाली बलियो बनाउनुपर्छ’ « Khabarhub

‘मुलुकको समान विकासका लागि संघीय शासन प्रणाली बलियो बनाउनुपर्छ’


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समान विकासका लागि संघीय शासन प्रणालीलाई बलियो बनाउनुपर्ने बताएका छन् । 

बिहीबार ललितपुरमा प्रदेश सुशासन केन्द्र बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले तीनै तहले समानताको अभ्यास गर्दै मुलुकको समान विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

 एकात्मक शासन प्रणालीका कारण सङ्घीयताको कार्यान्वयनमा अझै पनि समस्या रहेको भन्दै उनले वित्तीय सङ्घीयतालाई बलियो बनाउनुपर्ने धारणा राखे ।

संघीय व्यवस्थाको मर्म र भावनालाई आत्मसात् गरी समावेशी ढङ्गबाट मुलुकको विकास गर्नुपर्ने उनले बताए । उनले प्रदेश सरकारले पनि आफ्नो औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्नेमा जोड दिए ।  

गुरुङले सङ्घीयताको महत्त्व बढ्न नसक्नुको कारणमा सबै राजनीतिक पार्टीले समेत ध्यान दिनुपर्ने बताए  । 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : ०९ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको