काठमाडौं महानगरका सबैको खातामा पुग्यो तलब, गुरागाईं हाजिर भएको सात दिनपछि कार्यालयमा बालेन « Khabarhub

काठमाडौं महानगरका सबैको खातामा पुग्यो तलब, गुरागाईं हाजिर भएको सात दिनपछि कार्यालयमा बालेन


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं फर्किएपछि सबै जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा ३ महिनाभन्दा लामो समयदेखि रोएिको कर्मचारीको सबै तलब भुक्तानी भएको हो ।

करिब ३५ सय कर्मचारीसँगै महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि उपमेयर सुनिता डंगोल, वडाध्यक्ष र अन्य जनप्रनितिधिले समेत तलब पाएका छन् ।

महनगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार तलब भत्ताका नाममा ४१ करोड रुपैयाँ भुक्तनी भएको छ ।

‘महानगरमा मासिक रुपमा तलब भत्तासहितका लागि साढे १२ करोड रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरिन्छ’, काफ्लेले खबरहबसँग भने, ‘त्यसमा केही कर्मचारीको पोशाक भत्ता र अतिरिक्त भुक्तानीसहित तीन महिनाको ४१ करोड रुपैयाँ हाराहारी भुक्तानी भएको छ ।’

तीन महिना १४ दिनपछि गत चैत २१ गते बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कर्मचारी र वडाध्यक्षसहितका जनप्रतिनिधिले नगरप्रहरीको अवरोध चिर्दै कार्यालय प्रवेश गराएका थिए ।

काठमाडौं टावरको नक्सा १२ तलाको मात्रै गर्नुपर्नेमा १९ तलाको पास गरेको भन्दै मेयर बोलनले गुरागाईंविरुद्ध छानबिन समिति बनाएका थिए ।

छानबिन हुन्जेल गुरागाईंलाई बालेनले कार्यालय प्रवेशमा रोक लगाएका थिए । बालेनको सचिवालयले गुरागाईंको कार्यकक्षमा तालासमेत लगाइदिएको थियो ।

गुरागाईंलाई चैत २१ गते महानगरका जनप्रतिनिधि र कर्मचारीले कार्यकक्षको तालासमेत फुटाएर प्रवेश गराएका थिए । गुरागाईंले महानगरमा हाजिर गरेसँगै कर्मचारीदेखि जनप्रतिनिधिले तलब-भत्ता बुझेका हुन् ।

महानगरमा गुरागाईंलाई प्रवेश गराउँदाको दिन बालेन भने काभ्रेको पाँचखालमा लस्सी खाँदै थिए । त्यसपछि पनि उनी कमलादीस्थित कार्यालयमा हाजिर हुन आएनन् ।

पाँचखालबाट कालिञ्चोक पुगेका उनी ९ दिनपछि बिहीबार मात्रै कार्यलयमा हाजिर हुन आए ।

तर बालेन कार्यालयमा फर्किएकै दिन कर्मचारीका संगठनले घेराउ गरेका छन् । बालेन कमलादीस्थित कार्यालयमा पुगेकै दिन उनका स्वकीय सचिव भुपदेव शाह र प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई कारबाही मागसहित कर्मचारीका ७ संगठनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ज्ञापन पत्र नै बुझाएका छन् ।

बालेन ९ दिनपछि आएको विषयमा महागरका सहायक प्रवक्ता काफ्ले यसलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् । जनप्रतिनिधिले कर्मचारीको जसरी दैनिक कार्यालय आइरहनुपर्ने बाध्यता नरहेको उनले बताए ।

मेयर बालेन ९ दिनपछि कार्यालय आएको पुष्टि गर्दै उनले बुधबार हिटीको अनुगमनमा गएको पनि खुलाए । कार्यालयमै नआए पनि त्यसलाई समेत महानगरकै कामका रुपमा लिनुपर्ने काफ्लेले बताएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : ४९ बजे

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ