मुख्यमन्त्री कँडेलको एक वर्ष : सडक निर्माण र भूकम्पको पुनर्निर्माण (पूर्णपाठ) « Khabarhub

मुख्यमन्त्री कँडेलको एक वर्ष : सडक निर्माण र भूकम्पको पुनर्निर्माण (पूर्णपाठ)


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कँडेलले बिहीबार पत्रकार भेटघाट गरेर एक वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् । 

सुस्त गतिमा काम गरिरहेका करिब ३५ वटा सडक तथा पुल आयोजनाहरूको हाल दुई तिहाइ आयोजनाहरूमा प्रगति सन्तोषजनक रूपमा अघि बढिरहेको र काम सन्तोषजनक रूपमा अघि नबढाएका निर्माण व्यवसायीहरूका लागि पुनः अन्तिम पटक छलफलमा बोलाउने तयारी भइरहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए । 

भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका क्षति भएका सार्वजनिक विद्यालय तथा हेल्थपोष्टहरूको पुनर्निर्माणका लागि कूल ५० करोड विनियोजन भएकोमा ६२ विद्यालय र १८ स्वास्थ्य चौकी गरी कूल ८० वटा संस्थाहरूको पुनर्निर्माणको काम सुरु उनले बताए ।

यस अवधिमा ९५ किलोमिटर सडक कालोपत्रे भएको, २०५ किलोमिटर सडक ग्राभेल सडक तथा ५२५ किलोमिटर नयाँ माटे सडक निर्माण भएको, २३ वटा पक्की पुल तथा ४२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको, जनता आवास र विपन्नका घर गरी करिब १०४८ आवास एकाइ निर्माण, कार्यालयहरूबाट दर्ता, जरिवाना लगायतबाट ३२ करोड १४ लाख ३५ हजार ३३२ राजश्व संकलन मुख्यमन्त्री कँडेलले जानकारी दिए । 

त्यस्तै, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका धेरै सुधार भएको उनले बताए  ।

यि हुन् मुख्यमन्त्री कँडेलका एक वर्षको प्रगति विवरण

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : १४ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक