मुख्यमन्त्री कँडेलको एक वर्ष : सडक निर्माण र भूकम्पको पुनर्निर्माण (पूर्णपाठ) « Khabarhub

मुख्यमन्त्री कँडेलको एक वर्ष : सडक निर्माण र भूकम्पको पुनर्निर्माण (पूर्णपाठ)


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कँडेलले बिहीबार पत्रकार भेटघाट गरेर एक वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् । 

सुस्त गतिमा काम गरिरहेका करिब ३५ वटा सडक तथा पुल आयोजनाहरूको हाल दुई तिहाइ आयोजनाहरूमा प्रगति सन्तोषजनक रूपमा अघि बढिरहेको र काम सन्तोषजनक रूपमा अघि नबढाएका निर्माण व्यवसायीहरूका लागि पुनः अन्तिम पटक छलफलमा बोलाउने तयारी भइरहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए । 

भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका क्षति भएका सार्वजनिक विद्यालय तथा हेल्थपोष्टहरूको पुनर्निर्माणका लागि कूल ५० करोड विनियोजन भएकोमा ६२ विद्यालय र १८ स्वास्थ्य चौकी गरी कूल ८० वटा संस्थाहरूको पुनर्निर्माणको काम सुरु उनले बताए ।

यस अवधिमा ९५ किलोमिटर सडक कालोपत्रे भएको, २०५ किलोमिटर सडक ग्राभेल सडक तथा ५२५ किलोमिटर नयाँ माटे सडक निर्माण भएको, २३ वटा पक्की पुल तथा ४२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको, जनता आवास र विपन्नका घर गरी करिब १०४८ आवास एकाइ निर्माण, कार्यालयहरूबाट दर्ता, जरिवाना लगायतबाट ३२ करोड १४ लाख ३५ हजार ३३२ राजश्व संकलन मुख्यमन्त्री कँडेलले जानकारी दिए । 

त्यस्तै, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका धेरै सुधार भएको उनले बताए  ।

यि हुन् मुख्यमन्त्री कँडेलका एक वर्षको प्रगति विवरण

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : १४ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो