बाँके र बर्दिया आउन चाहे कर्णालीमा स्वागत गर्छौँ : मुख्यमन्त्री कँडेल « Khabarhub

बाँके र बर्दिया आउन चाहे कर्णालीमा स्वागत गर्छौँ : मुख्यमन्त्री कँडेल


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्ला कर्णालीमा आए स्वागत गर्ने बताएका छन् ।

आफू एक वर्ष मुख्यमन्त्री भएपछि आफूले गरेका कामका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँके बर्दिया जिल्ला कर्णालीमा मिलाउन सके स्वागत गर्ने बताएका छन् ।

पत्रकारहरूले राखेको प्रश्नको उत्तर दिँदै यद्यपि यो विषय आफ्नो नभएको उहाँहरूको नै भएको मुख्यमन्त्री कँडेलले बताए । ‘बाँके र बर्दिया जिल्ला कर्णालीमा मिलाउने कुरा हाम्रो काबु बाहिरको विषय हो,’ उनले भने, ‘त्यो उहाँहरूले निर्णय गर्ने विषय हो ।’

मुख्यमन्त्री कँडेलले बाँके र बर्दिया जिल्ला हिजो पनि कर्णालीमा राख्ने विषयमा विमति नभएको अहिले पनि स्वागत गर्न तयार भएको बताए । ‘आउन तयार भएको दिन कसरी स्वागत गर्नुपर्छ हामी सल्लाह गरौँला,’ उनले भने,‘अब तयार उहाँहरू हुनुपर्छ हामी त हिजो पनि आज पनि बाँके र बर्दियालाई कर्णालीमा मिलाउनुपर्छ भन्नेमा तयार नै छौँ ।’

विभिन्न समयमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउनुपर्ने भन्दै आवाज उठ्दै आएको बेला मुख्यमन्त्री कँडेलले आफूहरूको लागि स्वागत योग्य विषय भएको बताएका छन् ।

यसभन्दा धेरै पहिला बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्ने निर्णय गरिसकेका छन् । यो विषयमा अहिले कर्णाली र लुम्बिनी प्रदेशमा बहस हुँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : ३४ बजे

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई